23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता- सुदूरपश्चिमबाट कराँतेका १३ खेलाडी छनोट

    | प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५  

कैलाली । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमबाट कराँतेका १३ खेलाडी छनोट भएका छ्न ।  कराँतेका विभिन्न विधामा १३ जना पुरुष र महिला खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्।

कराँतेको कुमुते (फाईट) तर्फ पुरुषमा ५५ किलोमा कमल वली, ६० किलोमा जगतसिंह धानुक, ६७ किलोमा दिनेशराज पनेरु, ७५ किलोमा लोकेश पार्की र ८४ किलो भन्दा माथिमा सागर शाही छनोट भएका छन्।

यस्तै सोही विधाको महिलामा ४५ किलोमा वर्षा साउँद, ५० किलोमा पुष्पा मडै र ६८  किलोमा शर्मिला घर्तीमगर छनोट भएका छन्।

यस्तै एकल कातामा पुरुषतर्फ ललित खत्री र महिलातर्फ वर्षा साउद छनोट भएका छन्। यस्तै कराँतेको टिम कातामा शेर बहादुर धानुक, धर्मेन्द्र रेग्मी र जगतसिंह धानुक छनोट भएका छन्।

प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५     7:22:46 PM  |

प्रतिक्रया दिनुहोस्