25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

कैलालीका सहायक वनअधिकृत ३० हजार घुससहित पक्राउ

    | प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५  

धनगढी । कैलालीका सहायक वनअधिकृत ३० हजार घुस सहित पक्राउ परेका छन् ।

सहायक वनअधिकृत भरतप्रसाद साह सेवाग्राहीबाट ३० रुपैयाँ घुस लिदै गरेको अवस्थामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले पक्राउ गरेको हो ।

धनगढीको तारानगरमा रहेको सव डिभिजन वन कार्यालयको आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवथामा रंगे हात पक्राउ परेको पक्राउ गर्ने अख्तियारको टोलीले जनाएको छ ।

सुनसरीको इनरुवा नगरपालिका ३ का साहलाई काठ चोरीनिकासीको मुद्दा मिलाई दिने भन्दै घुस सेवाग्राहीबाट पैसा लिइरहेको भेटिएपछि रंगेहात समाउन सफल भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले जनाएको छ ।

 

 

प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५     7:35:29 PM  |

प्रतिक्रया दिनुहोस्