23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

हतियारसहित भेटिए सिधै ‘गोली हान्न’ सुरक्षा निकायलाई निर्देशन

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

काठमाडौं। सरकारले विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ ।हतियार बोकेर हिँडेको फेला परे गोली हान्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ ।बिना हतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तालाई पनि उच्च निगरानी राख्न निर्देश छ ।

बिप्लव समुहको पछिल्लो गतिबिधि राजनीतिक भन्दापनि धम्की दिएर रकम असुल गर्ने र नदिए बम पड्काउने तथा हत्या सम्मगर्ने कृयाकलाप बढेपछि सरकारले उसको गतिबिधिमाथि प्रतिवन्ध लगाएको हो ।

बिप्लव माओवादीमाथिको प्रतिवन्ध पछि सुरक्षा थ्रेड बढेको बिष्लेषण गर्दै सरकारले उसको गतिविधिलाई नियन्त्रण गर्न र सुरक्षा ब्यवस्था मजबुत बनाउन निर्देशन दिए संगै तीन वटै सुरक्षा निकायको प्रधान कार्यालयले बुधबार मुलुकभरका आफ्ना मजकुर कार्यालयलाई हाई अर्लटमा रहन निर्देशन दिएको हो ।

सरकारले बिप्लव माओवादीको हिंसात्मक गतिबिधिमाथि प्रतिवन्ध लगाएसंगै मुलुकभर सुरक्षा ब्यवस्था मजवुत बनाउन नेपाल प्रहरीका सबै कार्यालयलाई हाइअर्लटमा रहन निर्देशन दिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुबेदीले जानकारी दिनुभयो ।

–कान्तिपुर दैनिक

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     6:34:57 AM  |

प्रतिक्रया दिनुहोस्