23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

ध्रुबिकरण नै अहिलेको आवश्यकता !

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

सोम विक्रम सिंह
विश्वलाई बन्धुको रूपमा हेर्ने ,विश्व शान्तिको कुरा गर्ने  हाम्रो संस्कार । अहिले विश्वले मानव सभ्यताको कुरा गर्दैछ । संसारको मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा जान सिमानाले रोक्न तथा सिमानाले छेक्न हुन्न भन्ने दर्शन हुर्किरहेको छ, बहस चलिरहेको छ । हाम्रा पुर्वजले र वेदले सभ्य मानव बन्न सिकाएको छ, एक हुन सिकाएको छ । सबै एउटै हुन् भन्ने संस्कार सिकाएको छ ।

सिंगो नेपाल र नेपालको सभ्यता ,संस्कार, संस्कृती नेपालीलाई एकिकरणका गरेका बडा महारजधिराज पृथ्वीनारायण शाहले पनि एउटा औला उचालेर नेपाली एक भित्र प्रवेश गर, एकतामा नै छ वल ,एक भित्र नै समाहित हौ भन्ने संदेश दिएका थिए । सम्पुर्ण फुलहरू मिली बगैंचाको स्वरूप दिई सुवास छरे झैं सम्पुर्ण जात , वैदिक सनातनका भिन्नै संस्कार ,रिती रिवाज ,भाषा , भेषभुषा , रहनसहन ,जात्रा ,पर्व ,लवाईखवाई ,व्यवहार मिलाएर एउटै राष्ट्रिय पहिचान वनाई ,हाम्रो मौलिक सभ्यता रक्षा गरि नेपाली बन र सिंगो नेपाल बनाउ भन्ने संदेश दिएका थिए । जसअनुरूपमा एउटा औला उचालेर एकताको दर्शन प्रादुर्भाव गरि संदेश दिन प्रयास गरेका थिए ।

राजसंस्थाले एउटा पाठ के सिकाएको छ भने सबैलाई एक हुन सिकाएको छ । राष्ट्रको लागि बिदेशी बैरिसँग लडेर वा बलिदान दिएर भएपनि आफ्नो माटो बचाउन सिकाएको छ । राष्ट्रको लागि सम्पुर्ण नेपाली एक ढिक्का भएर बस्न सिकाएको छ । आफु आफुबीच लड्न भिड्न नसिकाई एक जुट भई बस्न सिकाएको छ । परि आए एक नेपाली बनी बैरि बिरूद्व लड्न सिकाएको छ । एकै स्वरमा विरोध गर्न सिकाएको छ । संधै नेपालको लागि नेपालीको एकसुत्र मालामा उनिएर बस्न सिकाएको छ ।

धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा बस्न र रम्न सिकाएको छ । तर दलाल , दास , कठपुतली मनोबृत्तीका नेता तथा पार्टिहरूले के सिकायो ? यी कुरा ढिलै भएपनि सम्पुर्ण नेपालीले मनन गर्न अावश्यक छ । पार्टि भनेको अँग्रेजी शब्द पार्ट अथवा भाग लगाउनु , अंश गर्नु , टुक्रा गर्नु , छुट्टयाउनु , फटाउनु , बिभक्त हुनु बाट आएको शब्द हो । पार्टी भन्नाले गुट , पक्षधर मानिन्छ ।

अब यसको दर्शन नै छुट्टाउनु , अङ्गभङ्ग गर्नु , फक्ल्याटो पार्नु हो । यस्तो  दर्शनले कस्तो संस्कार ल्याउँछ त ? जनताले अाफै मनन गर्नु उचित होला । झन् त्यहि माथि पश्चिमाको चारो खाएर हुर्केको टुक्राउने झुण्ड यानी पार्टिले  “Divide and Rule” टुक्राएर शासन गर्ने पद्वतीलाई अंगाले पछि टुक्रा माथि टुक्रा गर्दैनन् त ? तसर्थ उनिहरूले बोकेको संस्कारले बिष बृक्षको रूपमा सबैभन्दा पहिले एक ढिक्का भएर बसेको हाम्रो समाज र हाम्रो पहिचान ॐ कार परिवारमा विभाजन ल्याउन धर्ममा हाने ।

देशमा धर्म निरेपेक्षता यानि कि धर्ममा बन्देज लगाउने कार्यको थालनी गरे । तत्पश्चात सिंगो नेपाल र नेपालीलाई पृथ्वीनारायण शाहको दर्शन एकमा हानेर औला नै भाँचिदिए र राजसंस्था विदेशीको आडमा फालिदिए । एबम रितले देशमा सबैले बुझ्ने भाषा नेपाली माथि प्रहार गरे र विभिन्न भाषालाई स्थायित्व दिन पर्छ भन्दै हिन्दी भाषालाई भित्राए । तत्पश्चात प्रदेश अनुरूप सबै भाषालाई स्थान दिन पर्छ भनी भाषामा बिवाद ल्याए । यस्तै गरि हाम्रो मौलिक सभ्यता बोकेको सुर्य र चन्द्र अंकित झण्डामा वसवाद खडा गरे । जो सम्पुर्ण ब्रम्हाण्डको प्रतीक हो । जसको मर्म रातमा यता चन्द्र उदाउँछ भने पृथ्वीको अर्को कुनामा सुर्य उदाएर दिन हुन्छ ।

त्यसले दुबै कुनाको मानव सभ्यतालाई समेट्छ र  दुुवै चन्द्र र सुर्य बंशीय मानव सभ्यताको संकेत गर्छ । जुन झण्डा बैज्ञानिक छ त्यसलाई फेर्ने प्रयास भएको थियो । जनताको चेतनको कारण त्यो प्रयास बिफल भयो । बाबुरामले सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने नेपाली पोशाकलाई हटाए र टुक्रे नेपाललाई एक ढिक्का गर्ने एकिकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिन र एकता दिवसको बिदा कटौती गरि मालिक प्रति दासताको भक्तिभाव देखाए । विदेशीले आफ्नो काम सिद्विएपछि चिया परेको झिङ्गा झैँ फुत्त फाले पछि बाबुरामले आफ्नो पुर्व प्रेमीलाई घुर्कि देखाए झैं नेपाली पोशाक लगाएर सामाजिक सञ्जालमा हाल्ने काम गर्दैछन् ।

बिचरा कतै फेरि विदेशीले चारो हाली र महत्व दिन्छन् कि भनि हिंडी रहेका छन् । त्यस्तै गरि कहि नभएको जात्रा हाँडि गाउँमा भने झैं कम्युनिष्टले उचालेको जातिय पहिचानको मुद्वाले यी दलाल नै हुन् भन्ने पुष्टि गर्छ । शिर्ष नेताहरू बाहुनको झुण्ड भएकै कारणले होला कि बिचरा कामी , दमै र पोडे जस्ता विभिन्न जातलाई दलित बनाई आफुलाइ उच्च कोटिको जातमा राखि उच्च स्थान मै बस्न प्रयास गरे ।

अहिलेको २१ औ शताब्दीमा आएर जातिय व्यबस्था उन्मुलन भईसकेको र कानुनी रूपमा जातीय तथा छुवाछुतलाई बर्जित गरेको बिषयलाई उचाली जातिय पहिचानको नाममा समाजलाई विभाजित गरे । नेपाल कम्युनिष्ट पार्टिले अनौठो किसिमले संघियता लागू गरेको र अात्म निर्णयको बिषयलाई ब्यबहारिक रूपमा लागु गरेकाले  कसरी अाफैलाई कम्युनिष्ट भनिरहेका छन् । त्यो आश्चर्य जनक पनि छ । यो नै आफ्नो मालिकप्रति दासको भक्तिभाव हो भन्न सकिन्छ ।

अहिले विभिन्न नाममा मंगोल अर्गनाईजेसन, विखण्डनकारी सीके जस्ताले नेपालमा राम्रै स्थान पाईरहेको छ । जसले उग्र रूपले जातियताको कुरा र राष्ट्र टुक्रिने कुरालाई स्थान दिन्छ । आज त्यसता उग्रवादको नश्ललाई सरकारको फुलमाला लगाई महत्व दिईरहेको देखिन्छ । धन्न यो देशमा राष्ट्रिय पहिचानको कडिको रूपमा बसेको राष्ट्रिय सेनालाई हल्लाउन सकेको छैन । तर तथष्ट बसेको सेना आज संयुक्त तालिमको नाममा भारतीय र अमेरिकन सेनालाई उपल्लो मुस्ताङ तिर लगिरहेका छन् ।

जसले बोर्डर पारिको चिनीया सेनालाई चिढाई चीनलाई उग्र हुन उद्वत गरिरहेको देखिन्छ । जसलाई सेनाले बेलैमा बुझ्न अत्यन्त जरूरी छ । सेना र सुरक्षा अङ्गको कुरा गर्ने हो भने राजसंस्थाले यसलाई बढो सावधानीको साथ संचालन गरेका थिए । सम्पुर्ण सुरक्षा अङ्ग चेन अफ कमाण्डमा बसेका हुन्थे । अहिले त नेताका झोलेको अादेशमै नै फुत्फुत्ती सुरक्षा अङ्ग तथा अन्य निकाय चलेको देख्दा बिडम्वना लाग्छ ।

पार्टीको अर्को काम भनेको पार्टेसन वा देश नै विभाजित गर्नु पनि हो । विश्वको मानचित्रमा भएको विभिन्न देश हेर्यो भने थाहा हुन्छ कुनै पनि देश राजसंस्थाले विभाजित गरेको देखिन्न सबै नेता हावी भएपछि मात्रै देश विभाजित भएको छ । छिमेकि मुलुक भारतलाई नै हेर्ने हो भने राजा महाराजाले देश टुक्राएको देखिन्न जब नेता हावी भए देश टुक्रेर पाकिस्तान र बंगलादेश भए ।

नेपालको अवस्था हेर्ने हो भने जब देशबाट राजसंस्थालाई किनारामा राखे तब नै देशको सिमाना मिच्चिने र पिलर हराउने काम भयो । झन् गणतन्त्र मुलुक भएपछि त देश विखण्डनकारी, नेपाललाई आमा चकारी गाली गर्ने चाहिँ प्राण भन्दा प्यारो भयो । घोर दक्षिणपन्थी तथा अराष्ट्रियतत्व विरोधी विप्लपलाई चाहिँ राजनितीक व्यवहार गर्न हुन्न भन्ने र लुटेराको संज्ञा दिने काम भयो । यहि नै गणतान्त्रिक सरकारको पारा ।

यतिसम्म वादलले देश भित्र प्रतिकृयावादी उठ्दैछन्, सत्ता पल्टाउन खोज्दैछन् भनेर राजाको भ्रमणलाई ईंगित गरेको देखियो । तर यति मात्र ध्यान दिंदा हुन्छ दलाल,दास मानसिकता तथा कठपुतलीहरूले अव राष्ट्रबादी तथा देभक्तहरूले सत्ता उल्टाउँछन् । क्रान्तिको ज्वारभाटा ल्याउँछन् तर कुर्सिको लागि बिदेशी एजेण्ट,पृथकतावादी र देश टुक्राउने तथा विखण्डनकारीसँग हात मिलाएर अँगालो घोप्ल्याक्क हालेर उपर्खुट्टि लगाएर बस्दैनन् ।

देशलाई विभाजित गर्नको लागि महत्वपुर्ण कडि भनेको देशको आर्थिक स्थिती नै कमजोर बनाउनु हो । देश आर्थिक रूपले नाजुक भईसकेको छ । देशमा हाम्रा दाजुभाइ तथा दिदीबहिनीले पठाएको रेकिट्यान्सले न थेगेको भए देश उहिल्यै भोकमरिमा गइसकेको हुन्थ्यो । देशमा निकासि भन्दा आयात बढेर व्यापार घाटा उच्चतम बिन्दुमा पुगिसकेको छ । त्यस माथि जनताको प्रतिनिधीले खाईपाई आएको तलब, भत्ता,सुबिधाले गर्दा जनतामा बढेको करले जनतालाई ठहरै बनाएको छ । हुन त जनताले चाहेको व्यबस्था भएको हुनाले जनताले सहनशीलता देखाउन जरूरी छ नत्र पञ्चायतमा जनको प्रतिनिधि सेवाको रूपमा स्थापित भनी तलव भत्ता बन्देज थियो ।

जनताको नै व्यवस्था भएको कारणले गर्दा होला जनताले अाफ्ना प्रतिनिधीलाई व्यापक नितीगत भ्रष्टाचार गर्न छुट दिएका छन् । यहाँ अर्बौको वाईडबडी काण्ड , एनसेल काण्ड , 2 जी काण्ड , 3 जी काण्ड , 4 जी काण्ड , भ्याट रिटर्न काण्ड , ट्याक्स छुट काण्ड , पेट्रो काण्ड , तथा अनेकौं काण्डले नेता तथा झोलेहरू वाईडभुँडी बनाएर जनतालाई सुकेनास बनाईरहेका छन् । यसले जनतालाई नि कमजोर बनाईरहेको छ भने जनता थिलो थिलो भएर देश बिभाजित तिर गईरख्दा पनि उठ्ने तागत जुटाउन सकेका छैनन् । अर्को तिर फर्केर हर् अब साँच्चिनै राष्ट्रियता धरापमा पर्न नदिन र देश भड्खेलोमा जान नदिन अरू सबै सिद्वान्त , बिचार , नारा मुद्वा र बहसको कुरा छोडेर कित्ता काट्टिन तथा ध्रुबिकरण हुन जरूरी छ ।

राष्ट्रघाती तथा देशघाती बिरूद्व राष्ट्रवादी तथा देशभक्त छुट्टिएर एकै ठाउँमा आउन जरुरी छ । यदि राष्ट्र बचाउन हो भने ” नेपाली भएर बाँच्नु नै छ भने बाँच नेपाली भई , बोल्नु नै छ यदि भने बोल नेपाली नै “यो कुरा ध्यानमा राख्न बहुतै जरूरी छ । नेपाल जोगाउन र दलाल , कठपुतली र दास भगाउन एउटा ठूलो ज्वारभाटा ल्याउन अत्याबश्यक छ ।

अर्को महत्त्वपूर्ण बिषय भनेको अहिलेको कम्युनिष्ट गणतान्त्रीक सरकारले अर्को कम्युनिष्ट गणतान्त्रिक क्रान्तिकारी विप्लपलाई निषेध गरेछ तथा प्रतिबन्ध लगाएछ । पार्टिको अर्को अर्थ भनेको भोज भतेर हो । दलालहरूले मुलुकको ढुकुटी स्वाहा पारेर दिनहु भोजभतेर  तथा पार्टि गरेर ढमरढुस्स भएर बसेका छन् । सबैभन्दा गहन बिषय भनेको विप्लपले भ्रष्टाचार विरूद्व माहा अभियान नै थालनी गरेका थिए । यसले सरकारी संयत्र नै हल्ली सकेको थियो ।

विप्लप दाईले देशको सिमानामा गएर भारतको हेपाहा प्रवृत्ति बिरूद्व पनि जनजागरण अभियानको शुरूवात गरेका थिए । भ्रष्टाचारीलाई कारवाही गर्दा दलालको टाउको दुख्नुको रहस्य भनेको यिनीहरूको पनि भ्रष्टाचारमा मिलोमतो छ भन्ने प्रष्ट हुन्छ ।

विप्लपले विखण्डनकारी बिरूद्व अभियान चाल्ने गन्ध पाएर सरकार तर्सेको अबस्था छ । तसर्थ नै यिनिहरूले विप्लपको पार्टिको सम्पुर्ण कृयाकलापलाई निषेध गरेका हुन् भन्ने बिश्लेसकहरूले बोल्न शुरू गरि सकेका छन् । तसर्थ सम्पुर्ण राष्ट्रबादी तथा देशभक्त शक्ति विप्लपको राष्ट्रवादी तथा देशभक्त कदम प्रति , उनले चालेको अभियान नितिगत भ्रष्टाचारी कदम विरूद्व ,सरकारको राष्ट्रघाती पहल विरूद्व , विप्लवविरूद्व चालेको  गणतान्त्रिक कदम विरूद्व विप्लपसँग उभिन तयार हुनपर्दछ ।

एकातिर ढुँगैलाइ भएपनि देउता पुज्ने आध्यात्मिकवाद , वैदिक सनातन हिन्दु अधिराज्य पक्षधर , बेद नै बिज्ञान मान्ने , मौलिक सभ्यता , राष्ट्रिय पहिचान , राष्ट्र , राष्ट्रियता , स्वाधिनता , पुर्ण स्वतन्त्रता , पृथ्वीनारायण , महेन्द्र तथा अन्य देशको आफ्नै भुमिपुत्रको दर्शनलाई शास्त्र मान्ने , राजसंस्थालाई सर्वोपरि ठान्ने राष्ट्रवादीहरू छन् भने अर्कोतिर देशभक्त र बैज्ञानिक समाजवाद , राष्ट्रपति प्रणालीलाई जनताको शासन ठान्ने , कम्युनिष्ट बिचारधारा , भौतिकवादलाई वैज्ञानिक मान्ने , अर्ध र नव उपनिवेश विरोधी , विदेशी दार्शनिकको पक्षधर विप्लप छन् ।

ती दुई बिच धेरै अन्तर्बिवाद हुँदा हुँदै पनि राष्ट्र र राष्ट्रियतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्र र राष्ट्रियता बचाउने बिच सहकार्य, समझदारी , समर्थन तथा एैक्यबद्वता हुन अत्यन्त जरुरी छ । यसलाई राष्ट्रिय एकीकृत जनक्रान्तिको संज्ञा दिंदा मुनासिव देखिन्छ । तसर्थ लाग कर्तव्यनिष्ठ भई कर्मनिष्ठको साथ ! जय देश !

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     11:50:19 AM  |

प्रतिक्रया दिनुहोस्