25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

विप्लव नेतृत्वकाे नेकपाका ‘जनसत्ता’ प्रमुखले गरे पार्टी त्यागको घोषणा

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

ओखलढुंग । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा  किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी त्याग गरेको घोषणा गरेका छ्न ।

पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना गरेको बन्दकै दिन खत्रीले सदरमुकाम ओखलढुंगामा बिहीबार पत्रकार सम्मेलन गरेर खत्रीले पार्टीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन । उनलेे अब आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले बताए ।

खत्रीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताए । खत्रीले स्थानीय तथा संसदीय निर्वाचनमा सहयोग गर्दै पार्टीबाट टाढा रहँदै आएको समेत दाबी गरे । आफू विप्लवसँग पहिलेबाटै टाढा बन्दै गए पनि केहीमा भ्रम रहेको पाइएकाले औपचारिक रुपमा घोषणा गरेको उनले बताए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     3:54:21 PM  |

प्रतिक्रया दिनुहोस्