23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

निर्मला हत्याकाण्ड : आदेश दिएको डेढ घण्टामै धरौटी तिरेर सबै प्रहरी रिहा भए

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

कन्चनपुर । कन्चनपुर जिल्ला आदालतले दिएको आदेश अनुसार सबै प्रहरीले धरौटी जम्मा गरेर रिहा भएका छन् । अदालतले दिउँसो करिब साढे ३ बजे ६ प्रहरीबाट ३१ लाख रुपैयाँ धरौटी माग गर्न आदेशदिएको थियो ।

निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा ‘यातना र सार्वजनिक न्याय बिरुद्धको कसुर’मा कन्चनपुरमा कार्यरत तत्कालिन प्रहरी अधिकृत विरुद्ध मुद्दा परेको थियो ।

अभियोग लागेका तत्कालिन डिएसपी ज्ञान बहादुर सेठी र प्रहरी निरिक्षक एकेन्द्र खड्कासँग अदालतले जनही नौ लाख धरौटी माग गरेको थियो ।

प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिह धामी ३ लाख ५० हजार, राम सिह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख पचास हजार रुपैया धरौटी माग गर्न आदेश दिएको थियो ।
आदेश अनुसार सबै धरौटी बुझाएपछि रिहा भएका हुन् ।

 

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     9:13:29 PM  |

प्रतिक्रया दिनुहोस्