23 March 2019  |   शनिबार, चैत्र ९, २०७५

पुर्वराजा शाहलाई सर्लाहीमा नागरिक अभिनन्दन,राष्ट्रिय झण्डासहित राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन

    | प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

सर्लाही । पुर्वराजा ज्ञानेन्द्र शाहलाई सर्लाहीमा बिहिवार नागरिक अभिनन्दन गरिएको छ । तराई भ्रमणका लागि सर्लाही पुग्नुभएका पूर्वराजा शाहलाई सर्लाहीको सदरमुकाम मलंगवामा नागरिक अभिनन्दन गरिएको हो ।

शाहको स्वागतका लागि जिल्लाको विभिन्न स्थानबाट समर्थन सदरमुकाम आइपुगेका थिए। उहाँलाई नवलपुर चौकदेखि मलंगवा सम्मको विभिन्न गाउँ तथा चौक सडकमा रहेका नागरिकले स्वागत गर्नुका साथै ‘‘राजा आउ देश बचाउ’’ ‘‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’’ जस्ता नारा लगाएर जयजयकार गरेका थिए ।

राष्ट्रिय झण्डा सहित सहभागि भएका नागरिकले हिन्दुराज्य हुनुपर्ने र देश बचाउन राजा आउन पर्ने भन्दै सडक सडकमा तुल ब्यानर टासेका सथए ।सो ठाउँमा नागरिकको बाक्लो उपस्थित भएपछि सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो।

शाह सदरमुकाम मलंगवा रहेको दुर्गा भगवती मन्दिरमा पुजाअर्चना लगत्तै नागरिकको तर्फबाट गरिने अभिनन्दनमा सहभागि हुन नजिकै एक पार्टी प्यालेस पैदल हिडेर आईपुग्नु भएको थियो।

नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द अवज्ञा गर्दै कडा सुरक्षा बिच महोत्तरीको जलेश्वरबाट दिउँसो ४ बजे मलंगवा आईपुग्नु भएको हो ।

शाहलाई भेट्न सर्लाहीका प्रमुख जिल्ला अधिकारी दोण पोख्रेल, नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले होटलमा पुग्नु भएको थियो।
त्यसैगरी शाहलाई भेट्न राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिव सेना नेपालका कार्यकर्तासहित राजावादीहरुको ठूलो उपस्थिति रहेको थियो।

शाहसँग पुर्वमन्त्री सोनेलाल यादव, राप्रपा नेपालका सर्लाही अध्यक्ष प्रभाकर सिंह र राष्ट्रिय एकता परिषद्का नेता प्रेम श्रेष्ठले मात्र भेट गरेका थिए। नजिकबाट पुर्व राजालाई हेर्न चाहेका नागरिकले भेट्न नपापछि उनीहरूले आक्रोश व्यक्त गरेका छन।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     9:23:43 PM  |

प्रतिक्रया दिनुहोस्