22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

पुर्वराजा शाह तराईबाट जनताको अपार माया,स्वागत ,साथ र हौसला पाउदा खुशी बोकेर काठमाडौ फर्किए

    | प्रकाशित मितिः आइतवार, चैत्र ३, २०७५  

काठमाडौ । मध्य तराईको भ्रमण सकेर पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौ फर्किएका छ्न ।

व्यक्तिगत तथा धार्मिक भ्रमणका क्रममा  २९ फागुनम जनकपुरधाम आएका पूर्व राजा शाहले जानकी मन्दिरमा पूजा अर्चना गर्नुका साथै सर्लाहीको मंलगवा, उदयपुरमा रहेको राधाकृष्ण मन्दिर तथा आइतवार सप्तरीको छिन्नमस्ता मन्दिरको दर्शन गरेका छन । उनी आइतबार साझ नै काठमाडौ फर्किएका हुन ।

पुर्वराजा शाहको तराई भ्रमणमा  ठूलो संख्यामा समर्थक र तराइबासी नेपालीको ठूलो भीड रहेको थियो । उनीहरूले शाहलाई रातो कार्पेट देखि फुल माला लगाएर भव्य स्वागत गरे ।

पूर्व राजा शाहको आइतबार विदाई लाई पनि भव्य स्वागतले गरिएको थियो ।सो क्रममा उनीहरूले राजा ल्याउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भन्दै नारा समेत लगाए ।

पुर्वराजा शाह जनकपुर आएदेखी प्रत्येक जिल्लामा भएको यसप्रकारको कार्यक्रममा राजा आउ देश बचाउ नारा घन्केको थियो । अर्कोतिर सीके रावत र सरकार बीचको ११ बुदेसहमतिले तातेको राजनीतिक माहोल र तराई मधेसलाई उनको भ्रमणले सान्त पारिदियो ।

पुर्वराजा शाहले आफ्नो चारदिनमा दर्जनौ व्यक्तिसंग पालो पालो भेट समेत गरेका छन् भने आफू बोल्नुभन्दा पनि जनताको कुरा बढी सुनेर उनी काठमाडौ फिर्ता भए ।

तराई भ्रमणमा पुर्वराजा शाहक्व जनताले धर्म र देश रक्षाका लागि राजा चाहियो भनेर खुलेवाम नाराबाजी र जयजयकार गरेपछि उनी निकै खुशी भएका थिए । तराईमा जनताको अपार माया र साथ र हौसला बटुल्दै उनी मनमा खुशी बोकेर राजधानी फिर्ता भएको सन्बधरु बताउछ्न ।

प्रकाशित मितिः आइतवार, चैत्र ३, २०७५     10:05:44 PM  |

प्रतिक्रया दिनुहोस्