22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

मुमा बडामहारानी रत्नराज्य १३ दिनपछि अस्पतालबाट डिस्चार्ज

    | प्रकाशित मितिः सोमवार, चैत्र ४, २०७५  

काठमाडौं । पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाह डिस्चार्ज भएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

छातीमा समस्या देखिएपछि १३ दिनदेखि उनको नर्भिक अस्पतालमा उपचार जारी थियोे ।रत्नराज्य डिस्चार्ज हुँदा परिवारका सदस्यहरु पुर्वरानी कोमल र पूर्वयुवराज पारस अस्पताल पुगेका थिए । छातिमा समस्या भएपछि २१ फागुनमा शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

डिस्चार्ज हुँदा बुहारी कोमल र नाति पारस पुगेपनि छोरा ज्ञानेन्द्र भने मधेस यात्रामा छन् । मधेस यात्रामा रहेका ज्ञानेन्द्र विरामी भएपछि भेट्न राजधानी आएका थिए । राजधानी आएको दोस्रो दिन नै उनी पुन मधेस फर्किएका थिए ।

 

 

प्रकाशित मितिः सोमवार, चैत्र ४, २०७५     12:34:25 PM  |

प्रतिक्रया दिनुहोस्