22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

स्वास्थ्य समस्या भएका युवाहरूलाई सुर्खेत समाजद्वारा सहयोग

    | प्रकाशित मितिः सोमवार, चैत्र ४, २०७५  

दक्षिण कोरिया । शिक्षा, स्वास्थ्य लगायतका विविध क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको सुर्खेत समाज दक्षिण कोरियाले स्वास्थ्य समस्या भएका दुईजना युवाहरूलाई आर्थिक सहयोग गरेकोछ।

कम्पनीमा काम गर्ने क्रममा मेसिनमा परि हातमा च्यापिए पछि ख्यङ्गिदो प्रान्तको दोङ्गुक विश्वविद्यालय शिक्षण अस्पताल 동국대하교일사병원 मा उपचाररत विरेन्द्रनगर १० सुर्खेतका जीवन शर्मा र करिब ८ महिना अघि कोरिया आएर खुट्टाको समस्याका कारण भिषा रोकेर घर फर्कन लागेका विरेन्द्रनगर ८ इत्राम सुर्खेतका केशव तिवारीलाई जनही ३/३ लाख कोरियन वन सहयोग गरिएको हो।

रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत जिल्लाबासीहरूको साझा संगठन सुर्खेत समाज दक्षिण कोरियाले थुप्रै सामाजिक कामहरू गर्दै आइरहेको र आउँदा दिनहरूमा पनि निरन्तर सामाजिक कार्यमा अग्रसर भइरहने समाजका अध्यक्ष तुलश गुरुङले बताएका छन्।

प्रकाशित मितिः सोमवार, चैत्र ४, २०७५     4:14:34 PM  |

प्रतिक्रया दिनुहोस्