24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

रमेश खत्री पौडेलको ‘म परदेशी’ (भिडियो सहित)

    | प्रकाशित मितिः सोमवार, चैत्र ४, २०७५  

काठमाडौं । कलाकार रमेश खत्री पौडेलको नयाँ गीत ‘म परदेशी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा पूर्णकला बि सी र मुकेश भट्ट (बासुदेव )को आवाज रहेको छ भने शब्द संकलन रमेश खत्री पौडेल र लय मुकेश भट्ट (बासुदेव )ले गरेका हुन् । गीत सङ्गीत एउटा जीबनको दुख सुखको साथी हो, जब जीवन, घर, परिवार, समाज, स्थान, कला र साँस्कृतिकसँग मेल खान्छ तब जीवनको दर्शन गीतबाट सबैको सामु भाव विलौना पोखिन्छ । घर परिवार छाडेर वैदेशिक रोजगारीमा विदेश गएका युवा पुस्तामा लक्षित गरेर खत्रीले यो गीत तयार पारेका छन् ।

विक्रम चौहानले निर्देशन गरेको उक्त गीतको भिडियोमा नायिका जुनु गुरुङले अभिनय प्रस्तुत गरेकी छिन्, भिडियोमा रमेश खत्री आफुले पनि अभिनय गरेका छन्। भिडियो निमार्ण बि.स्टार फिल्म्स प्रा.लि.ले गरेको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक विक्रम चौहानले बताए । प्रकाश खड्काले छायाँकन र मिलन वि.क.ले सम्पादन गरेकाे यो गीत विनोद बाजुरेलीले एरेन्ज गरेका हुन् । मालश्री स्टुडियोले तयार पारेको यो गीत म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस् :

प्रकाशित मितिः सोमवार, चैत्र ४, २०७५     7:44:34 PM  |

प्रतिक्रया दिनुहोस्