22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

९ मिनेटमा ६ ओटा बच्चा जन्मायर विश्व रेकर्ड कायम

    | प्रकाशित मितिः मङ्लबार, चैत्र ५, २०७५  

अमेरिका । अमेरिकाको टेक्सासकी एक महिलाले ६ वटा बच्चालाई ९ मिनेटको बीचमा जन्म दिएर नयाँ रेकर्ड राखेकी छन् । थेल्मा चियाका नामकी ती महिलाले गएको शुक्रबार ४ छोरा र २ छोरीलाई जन्म दिएको हफपोस्टले जनाएको छ ।

बिहान ४ः५० देखि ४ः५९ बजेकोे बीचमा उनले जन्म दिएकी हुन् । सो कुरा वुमन्स हस्पिटल टेक्सासद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख छ । उनले सोही अस्पतालमा बच्चाहरुलाई जन्म दिएकी थिइन् । बच्चाहरुको तौल १ पाउण्ड १२ औंसदेखि २ पाउण्ड १४ औंससम्म रहेको छ ।

सबै बच्चाहरुको स्वास्थ्य अवस्था स्थिर रहेको  र उनीहरुलाई अस्पतालको अत्यधुनिक नियोनाटल इन्टेन्सीभ केयर युनिटमा राखिएको छ । याहुका अनुसार यसप्रकारको अवस्था ४ दशमलब ७ बिलियनमा १ जनालाई हुने गरेको छ ।

चियाकाले छोरीहरुको नाम जिना र जुरियल राखेकी छन् भने छोरोहरुको नाम भने अझै राख्न बाँकी रहेको छ । – बाह्रखरी

प्रकाशित मितिः मङ्लबार, चैत्र ५, २०७५     8:10:12 AM  |

प्रतिक्रया दिनुहोस्