20 August 2019  |   मङ्लबार, भदौ ३, २०७६

आइसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक

    | प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५  

काठमाडौं । सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको खेल तालिका सार्वजनिक भएको  छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार छनोट सिगांपुरमा जुलाई २२ देखि २८ तारिखसम्म हुनेछ ।

तालिका अनुसार पहिलो खेल जुलाई २३ मा कतारसँग खेल्न नेपालले दोस्रो खेल २४ जुलाइमा मलेसियासँग खेल्नेछ । तेस्रो खेल २७ जुलाइमा खेल्ने नेपालले अन्तिम खेल घरेलु टोली सिंगापुरसँग खेल्नेछ ।

एसिया छनोटबाट शीर्ष दुईमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युनाइटेड अरब इमिरेस ‘युएई’मा हुनेछ ।

प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५     11:27:01 AM  |

प्रतिक्रया दिनुहोस्