22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

शिक्षक महासंघले भन्यो -अस्थायी शिक्षकको सेवाबारे यथासिघ्र ध्यान देउ !

    | प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५  

नेपालगन्ज । शिक्षकहरुको आन्तरिक परिक्षाको नतिजासंगै कतिपय अस्थायी शिक्षकहरु सेवाबाट हट्ने भएकाले तत्कालका लागि उनीहरुलाई नहटाउन नेपाल शिक्षक महासंघ, नेपालगन्ज नगरसमितिले आग्रह गरेकोछ।

वार्षिक परीक्षा संचालन तथा नतिजाप्रकाशनका बेला आन्तरिक परिक्षाको नतिजाले कतिपय शिक्षक तथा प्रअ पनि  तत्काल हटदा विद्यालय प्रभावित हुनेभएकाले अर्को व्यवस्था नहुदासम्म त्यस्ता शिक्षकहरुलाई सेवाबाट तत्काल नहटाउन पहल गर्न सरोकारवालाहरुलाई पनि आग्रह गर्दै नेपाल सरकारसंग सो माग  गरेको हो।

नेपाल शिक्षक महासंघ नेपालगन्ज नगरसमितिको बैठकले सो आग्रह गर्दै शिक्षक अभावले विद्यालय एक दिनपनि प्रभावित हुन नदिन तत्कालका लागि सेवानिरन्तरता जरुरी रहेको नगर अध्यक्ष मनोजराजा श्रीवास्तवले बताउनुभयो।

आन्तरिक नतिजाको सिफारिस संगै सेवाबाट हटने शिक्षकहरुको परिपुर्तिकाको व्यवस्था नहुन्जेल विद्यालय प्रभावित हुन नदिन पनि सो कदम जरुरी रहेको तर्क पनि नगरसमितिले सारेको छ।

नगरसमितिले  शिक्षा ऐन २०२८को दफा ११ च उपदफा ९ बमोजिम सेवाबाट हट्ने त्यसता शिक्षकहरुले पाउने सेवासुविधा अविलम्ब मिलाउन र विद्यालयमा शिक्षक अभाव हुन नदिन तत्कालका लागि दफा १० बमोजिम शिक्षक नहटाउन पहलको अग्रसरता बढाएको बताएको छ।

विद्यालयमा शिक्षक अभाव हुन नदिन शिक्षक महासंघ नेपालगन्ज नगरसमितिका अध्यक्ष श्रीवास्तवले यतिबेला विद्यालयमा चलीरहेको वार्षिक परीक्षा र आगामी नया भर्ना कार्यक्रम सहजताका लागिपनि  अर्को व्यवस्था नहुनजेल त्यस्ता शिक्षकहरुलाई सेवामै राख्नु विद्यालयकै लागि फाइदा हुने बताउनुभयो।

प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५     11:39:49 AM  |

प्रतिक्रया दिनुहोस्