22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

पुरुष शिक्षकहरुको पोशाकको रंगबारे पुनरावलोकन गर्न माग

    | प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५  

नेपालगन्ज । पुरुष शिक्षकहरुको पोशाकको रंगबारे पुनरावलोकन गर्न नेपाल शिक्षक महासंघ नेपालगन्ज नगरसमितिले माग गरेकोछ।

सरकारले प्रचलनमा राखेको पुरुष शिक्षकहरुको पोशाक पेशा सुहाउदो र बालमनोविज्ञान प्रेरक नभएको अनुभुति भएको बताउदै शिक्षक महासंघ नेपालगन्ज नगरसमितिले बैठकबाटै पुरुष शिक्षकहरुको पोशाकको रंग समय सुहाउँदो परिवर्तनका लागि पहल गर्न शिक्षक महासंघ जिल्ला तथा केन्द्रीय तहलाई आग्रह गर्दै सो माग सारेको हो।

नगर समितिको बैठकले पुरुष शिक्षकहरुको पोशाकको रंग परिवर्तन गरि अब कालो पाइन्ट र सेतो सर्ट वा गाढा नीलो पाइन्ट र हल्का गुलाफी / हल्का पहेलो सर्ट वा कुनै पनि बालमनोवैज्ञानिक र प्राज्ञिक सुहाउदो सादा रंग छनौटका लागि पहल गर्न सरोकारवाला सबैलाई आव्हान गर्दै सो माग सारिएको नगर अध्यक्ष मनोजराजा श्रीवास्तवले बताउनुभयो।

नेपालगन्ज नगरको समग्र पेशागत सुधारको पहलका लागि पछिल्लो समय शिक्षक महासंघ नेपालगन्ज नगर समिति सक्रिय देखिएकोछ।

 

 

 

 

प्रकाशित मितिः बुधबार, चैत्र ६, २०७५     12:37:26 PM  |

प्रतिक्रया दिनुहोस्