13 June 2019  |   बिहिबार, जेष्ठ ३०, २०७६

गुगलमाथि कानुन उल्लंघनको आरोप, युरोपियन युनियनको एक खर्ब ८७ अर्ब ५७ करोड जरिवाना

    | प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५  

एजेन्सी । प्रतिस्पर्धी कानुनको उल्लघंन गरेको अभियोगमा अमेरिकी कम्पनी गूगलमाथि यूरोपियन यूनियनले एक खर्ब ८७ अर्ब ५७ करोड रुपैयाँ जरिवाना लगाएको छ ।
गूगल सर्च गर्दा प्रतिद्धन्द्धी कम्पनी विज्ञापनमाहरु ब्लक भएको देखिएपछि यूरोपिय यूनियनले १४९ करोड युरा अर्थात एक खर्ब ८७ अर्ब ५७ करोड जरिवाना तोकेको हो । प्रतिस्पर्धी कम्पनीका बिज्ञापनहरु ब्लक भएपछि गुगलमाथी जरिवाना गरिएको हो ।

‘गूगलले सन् २००६ देखि २०१६ सम्म अनलाइन मार्केटमा आफ्नो पहुँचको गलत फाइदा उठाएको थियो । उसले थर्ड पार्टी प्रतिद्धन्द्धी कम्पनीहरुलाई अनलाइन सर्चमा विज्ञापन डिस्प्ले गर्नबाट रोक्यो’ यूरोपियन यूनियनले जरिवाना लगाउँदा भनेको छ ।

धेरै बेभसाइडहरुमा गूगल सर्चको फंक्शन हुने गरेको छ । प्रयोगकर्ताले त्यसको प्रयोग गर्छ पनि गर्दछन् तर त्यो बेला बिज्ञापनहरु डिस्प्लिे हुने गरेको छैन । गूगलले सर्च विज्ञापनमा प्रतिद्धन्द्धी कम्पनीहरुको विज्ञापनलाई ब्लक गरिदिने गरेको छ ।

गूगलले सर्च पेजमा माइक्रोसफ्ट र याहूजस्ता कम्पनीको विज्ञापन रोकिदएको थियो । माइक्रोसफ्टले सन् २००९ मा गूगलका विरुद्ध उजुरी समेत गरेको थियो ।

 

 

प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५     1:55:15 PM  |

प्रतिक्रया दिनुहोस्