20 June 2019  |   बिहिबार, असार ५, २०७६

नुवाकोटकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक, आजदेखि १ सय १७ वर्षमा प्रवेश

    | प्रकाशित मितिः आइतवार, चैत्र १०, २०७५  

नुवाकोट। नुवाकोट शिवपुरीकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकी छिन् । शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली आज आइतबारदेखि १ सय १७ वर्षमा प्रवेश गरेकी छिन् ।

तस्वीर -yeskathmandu 

१ सय १७ बर्ष भएकी बाटुली आमालाई जन्मदिनको शुभकामना दिनेहरुको भीड लाग्न थालेको छ ।विश्वकै ज्येष्ठ नागरिक बन्न सफल र आजै जन्मदिन परेका कारण बधाई दिनेहरु शनिबारदेखि नै उनको घरमा ताँती लागेका छन् ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उनको घरमा पुगेर अभिनन्दन गरेको छ । कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो ।

प्रकाशित मितिः आइतवार, चैत्र १०, २०७५     11:56:17 AM  |

प्रतिक्रया दिनुहोस्