22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

अत्तरीयामा गुडीरहेको गाडीमा आगलागी

    | प्रकाशित मितिः शुक्रबार, चैत्र १५, २०७५  

कैलाली ।  कैलालीमा गुडिरहेको गाडीमा आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको हायसमा आगो लागेको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तार सर्ट भएर आगलागी भएको हो। गोदावरी नगरपालिकाको दमकल, सुरक्षा नियकाले आगो नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ।

अत्तरीया चोकमा यात्रु खोज्दै गरेको गाडी बा. ४ ख. ५८६८ हायस गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । गाडीमा आगो लागेपनि मानवीय क्षति भने हुन पाएन ।

 

 

प्रकाशित मितिः शुक्रबार, चैत्र १५, २०७५     8:43:10 AM  |

प्रतिक्रया दिनुहोस्