10 June 2019  |   सोमवार, जेष्ठ २७, २०७६

डिलाराम र मधुको भेरी तरेर (भिडियो सहित)

    | प्रकाशित मितिः शनिबार, चैत्र १६, २०७५  

सुर्खेत । गायक तथा सर्जक डिलाराम आचार्य ‘ईच्छुक’ र मधु राईको संयुक्त झ्याउरे लोकदोहोरी गीत ‘भेरी तरेर’ सार्वजनिक भएको छ।


विभिन्न एफएम रेडियोहरूका लोकगीतसँग सम्बन्धित कार्यक्रमहरू तथा विभिन्न अनलाईन दोहोरी ग्रुपहरूमा लोकगीत गाएर चर्चामा आएका सर्जक तथा गायक डिलाराम आचार्य ‘ईच्छुक’ सुर्खेत जिल्लाका स्थानिय गायक हुन् । मध्यपश्चिम क्षेत्रमा चर्चित झ्याउरे भाकाहरूको जगेर्नाका लागि ‘ईच्छुक’ले पनि एउटा इट्टा थपेका छन्।
गायक तथा सर्जक ईच्छुकको आफ्नै लय तथा शब्द रहेको यस गीतमा गायक ईच्छुक र माधव रिजाल साथै गायीका मधु राई र रुपा दर्लामीको सुमधुर आवाज रहेको छ।
चन्द्र मन्दिरको निर्देशन, हेमन्त कँडेलको छायांकन र मानबहादुर वलीको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा दीपा गुरुङ, सहविर राना, बिनु शर्मा, सुमन ठाडा लगायतका सुर्खेती स्थानिय कलाकारहरूको नृत्य देख्न सकिन्छ।
क्रियटिभ डिजिटल स्टुडियोले उत्पादन गरेको यो गीतको म्युजिक भिडियो बुढा म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गायक तथा सर्जक डिलाराम आचार्य ‘ईच्छुक’ र यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना।

 

प्रकाशित मितिः शनिबार, चैत्र १६, २०७५     3:19:14 PM  |

प्रतिक्रया दिनुहोस्