19 June 2019  |   बुधबार, असार ४, २०७६

के विप्लपलाई दरवारले चलाएका हुन् ?

    | प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५  

सोम विक्रम सिंह

धोवीघाट प्रकरणले चिनिने एउटा प्रकरण जसले बाबुरामलाई नेपालको प्रम हुने वातावरण मिलाईदियो । त्यहि प्रकरणद्वारा नै बाबुरामलाई कालन्तारमा दक्षिणपन्थी , दक्षिणपन्थी भास तथा दक्षिणको दलालको रूपमा प्रमाणित गर्यो । त्यस बेला उनका श्रीमतीले नेपालको एअरपोर्टमा भारतीय एअर मार्शल राख्ने प्रस्ताव राखि सकेका थिए । त्यस्तै बाबुराम प्रम हुने बित्तिकै बुढी गण्डकिमा नेपालको माथिल्लो भुभागमै बाँध बाँधेर नेपालको भुभाग डुवानमा पार्ने । तर नेपाल डुवानमा पर्ने तर भारतलाई बाढीपीडित बाट रोकथामा हुने किसिमको प्रस्तावमा सम्झौता गरे । त्यस्तै भारतलाई फाईदा हुने बिप्पा सम्झौतामा सहि धस्काएर आएर मैले जुवा खेलें भने । त्यस पश्चात् उनलाई दक्षिणको दलाल भनेर स्वयम् तत्कालीन माओवादीले गरेको विश्लेषण गरे र एअरपोर्टमा कालो झण्डा आफ्नै नेतालाई देखाउने काम गरे ।

यस प्रकरणमा बाबुरामलाई प्रममा प्रस्ताव गर्ने स्वयम् बिप्लप थिए । त्यो प्रस्ताव आश्चर्य जनक थियो र अकस्मात आएको थियो । जो राष्ट्र र राष्ट्रियता प्रति कटिबद्ध थिए , राष्ट्रवादी तथा देशभक्त थिए , दक्षिणपन्थीको घोर बिरोधी थिए त्यस्तो व्यक्तित्वबाट यस्तो किसिमको प्रस्ताव आउन आश्चर्यजनक थियो नै । सबैले अड्कल काटे उनी पक्कै गृहमन्त्री बन्दैछन् र प्रस्ताव पनि आयो गृहमन्त्रीको लागि । उनका अघिपछि हिंड्ने व्यक्तिहरूमा उत्साह बढ्यो , बूढो गृहमन्त्री हुनेमा । मेरो उनलाई प्रश्न थियो । दाइ जस्तो व्यक्तित्वले यो सरकारमा जान उचित होला र के पक्कै गृहमन्त्रीको प्रस्ताव स्विकार हुन्छ र ? तर उहाँको लक्ष्य अर्कै थियो , ठुलै थियो , जनताको लागि र राष्ट्रको लागि थियो । उहाँको जनता र राष्ट्र प्रति ईमान्दारिता तथा दृश र जनता प्रतिको बिचार बुझेमा जो कोहि पनि नतमस्तक हुने नै छन् । उहाँले सहज उत्तर दिंदै भने म सरकारमा जाने वा नजाने भन्ने कुरा महत्त्वपूर्ण बिषय होईन ।

कुनै पनि हालतमा यस्तो संसदिय भाषमा नफस्ने र बिदेशीको दलालको नाम लिस्टमा आफ्नो नाम दर्ता नगर्ने नै भन्ने थियो । मलाई गृहमन्त्रीमा लगेर फसाउन खोज्दैछन् तर म कुनै पनि हालतमा यो वाईहात कुरामा फस्दिन । अब अगाडी के हुन्छ हेर भन्दै चाहावील मित्रपार्कको भाडाको घरमा बसेर भाउज्युले बनाउनु भएको कलिलो मकैको झोल पिउँदै भन्दै थिए । त्यो कलिलो मकैले बनाएको सुप साँच्चिकै नौलो र मुखै रसाउने किसिमको स्वाद थियो भने दाइको राष्ट्रियता र जनता प्रतिको भावना आँखै रसाउने थियो । तर त्यो बेलाको अवस्था हेर्ने हो भने जो कोहि पनि गृहमन्त्रीको लागि मरिहत्ते गर्ने गर्थे भने बिप्लप भने सरकारमा गएर आफुलाई नसिद्वाउने भन्दै थिए । उनको छोरा हरेक युवा जस्तै चाहना र आकँक्षाले भरिएको एक स्वतन्त्र युवक थिए ।

छोरा प्रकाश पनि शहरी परिवेशमा आईसकेका जल्दोबल्दो आजकालको युवा झैँ थिए । उनको गुनासो आफ्नो बुवालाई भन्दा पनि अरूसँग हुन्थ्यो बुवालाई मोटरबाईक किन्देउ भन्दिनुन भन्दै। अस्कलमा साईन्स पढिरहेका उनी पनि अरू युवा जस्तै मोटरसाईकलमा हुईँकेर जान मन गर्थे । युवाको जोस जाँगर र अरू सरह बाँच्न चाहने रहर स्वभाविक पनि हो , उनी पनि अरू साथी झैँ बाइकमा हुँईकिएर जान मन गर्थे र बुवाले बाईक नकिन्देकोमा गुनासो गर्थे ।

प्रकाश कैयौं दिन क्याम्पस नगई घर बसेको देख्दा सबैले सम्झाउँथे । त्यो बेला माओवादी नेताहरू धनयुद्वमा लागिसकेका थिए । यता बिप्लप भने पढ्न चाहने छोराको ईच्छा पुर्ति गर्ने ध्यानमा भन्दा जनताको उत्पिडन , राष्ट्रियता कमजोर भईरहेको र राष्ट्र ध्वस्त हुन लागेको परिवेशलाई नियाल्दै थिए । उनलाई शक्तिमा गएर धन सम्पत्ति कमाउने पटक्कै ईच्छा तथा चाहना देखिएन ।

पछि ठुलोबुवा यानि हालका गृहमन्त्री बादलले भतिज प्रकाशलाई चितवनमा डाक्टर पढ्ने वातावरण मिलाएपछि प्रकाश पनि ध्यान दिएर पढ्न चितवन हुइँकेर गए बसमा । अहिले डाक्टर बन्ने सपना पुरा गर्ने प्रकाश लागिरहेकै होलान् यदि अहिलेको सरकारले बिप्लपलाई प्रतिबन्ध लगाई उनको छोराको डाक्टर बन्ने सपना भताभुङ्ग नगरेको अवस्था रहेमा ।

रह्यो उनी लुटेरा र एउटा समूह भनेर होच्याएर प्रयोग गरिएको शब्द प्रति , त्यहि पनि राष्ट्रको उच्च तहमा बसेको प्रधानमन्त्रीबाट नै । आश्चर्य लाग्छ देशको लागि कर तिर्नु पर्छ भन्दा जनताले पनि साथ दिएको छ भन्दै एनसेललाई सरकारले दवावमा राखेर झण्डै एक बर्षको नेपालको अाधि बजेट असुल्न तिर नलागेर एउटा जनताको पार्टीलाई न्याक्न तिर लागेको देख्दा । चुनावको खर्च भन्दै तीन ठुला नेताहरूले मिलिभगत गर्दै एनसेलबाट अरबौं रकम लुड्याउँदा र अरबौं रकम भ्रष्टाचार गरि कुम्ल्याउँदा केही फरक नहुने रे यी ठुला पार्टीहरूलाई ।

जनतासँग पार्टी सञ्चालन गर्न सहयोग माग्दा चाहिँ जवरजस्ती चन्दा आतंक नगर भनी चेतावनी दिने ? हामी त यो गन्नै नसकिने थुप्रो पार्टी हुनु हुँदैन । जनतालाई जबर्जस्ती राजनीतिमा होम्याउन हुँदैन र चन्दाको नाममा भन्दै जनतालाई धेरै दुख दिन हुँदैन भन्छौं । तर आफुलाई झुसिल डकार आउन्जेल चन्दा असुल्दा फरक नहुने जनताले पार्टीलाई सहयोग गर्दा जवर्जस्ती चन्दा आतँक भन्दा अलि मिल्दैन कि । जहासम्म लाग्छ बिप्लपले जनताबाट असुलेको करबाट बिरामी छु भन्दै उपचारको नाममा देश बिदेश भ्रमण गरि बिदेशीको गुलामी गर्दै देश ध्वस्त वनाउने प्रपन्च रचेर हि्डेको पाईँदैन ।

यिनीहरू जस्ता ब्वाँसा तथा लुटेरा भए बिप्लप उहिले बाबुरामको पालामा गृहमन्त्री भई पैसा कुम्लाई सर्बप्रथम त आफ्नो छोराको लागि मोटरबाईक किन्न सोरूममा प्रहरी दौडाईसक्थे । तर उनको चाहना कहिले पैसा कमाउने भन्दा पनि देश र परिस्थिति हेर्नेमा नै रह्यो । उनी आफै लडाकु भएता पनि उनको छैंठौं डिभिजन कमाण्डर हालका कर्णालीका मुख्यमन्त्रीसँग उठबस भएको देखिएन । दुवै ठकुरी भएता पनि प्रज्वलसंग सहजै उठबस नहुनुको मुख्य कारण नै थियो प्रज्वललाई लागेको आर्थिक अपचलनको दोष । उनी बिवादित ब्यक्तिसँग टाढै बस्न रूचाउँथे त्यही भएर माओवादी फुट्ने बित्तिकै उहासँग बिवादित ब्यक्तित्वहरू आएका थिएनन् ।

पछि उनिसँग आएका धेरै नेताहरू बादल , देव गुरूङ , पम्फा भुषाल लगायतका नेताहरू संसदिय भाषको चास्निमा नै डुबुल्कि मार्न गए । त्यस्तै पर्ख र हेर भन्दै रणनीति बनाएर बसेका बैध बा तथा अन्य उनिबाट तथस्ट बसे । उनिसंग युवाले भरिएको जोसिला र जाँगरिला व्यक्तिहरूको साथ रह्यो , जो राष्ट्र , राष्ट्रियता र स्वाधिनताको लागि कफन बाँधेर हिंड्न तयार थिए ।

उनिले देशको लागि राजसंस्था पनि राष्ट्रवादी शक्ति नै हो भन्ने भएकोले सम्पुर्ण राष्ट्रवादी शक्ति तथा देशभक्तहरूको एकीकृत जनक्रान्तिमा साथ चाहिन्छ भन्थे । यसलाई नै पुर्वाग्रहि तथा उनलाई नरूचाउने र बिप्लप अगाडी बढेको हेर्न नचाहनेहरूले प्रोपोगन्डाको रूपमा प्रयोग गरे । उनी पनि ठकुरी नै भएकोले दरवारसँग साँठगाँठ छ वा बिप्लपलाई दरवारको सहयोग छ भन्ने दोषारोपण गरे ।

भर्खरै माओवादी नेपालको राननितीमा अवतरण भएको बखतमा मेरो एउटा प्रश्नमा मेरो कन्फ्युजन क्लिएर गर्दै भनेका थिए । २१ जना कमाण्डरमा ११ जना त ठकुरीको बर्चश्व नै थियो भने कालिकोटमा धेरै अन्य ठाउँमा गरेर हजारौं ठकुरीहरूले जनयुद्वमा बलिदानी दिएका थिए । होईन प्रज्वल शाही , दिपेन्द्र बहादुर शाह , सुदिप मल्ल , दिलीप शाही , स्वयम् विप्लप आदि प्राय ठकुरी नै भएर एक राजा ठकुरी बिरूद्व किन लागेको हँ ? भन्ने प्रश्नमा सहज उत्तर दिंदै भनेका थिए ईतिहासको कालखण्डमा पनि भुरे – टाकुरे , बाईसे – चौबिसे ठकुरी राजाहरू नै थिए नि , तिनीहरूलाई परास्त गरेर त पृथ्वीनारायण शाह र तिनका बंशजले सिंगो राष्ट्र बनाएका ।

प्रश्न जति जटिल थियो उत्तर त्यति नै सहज थियो । राष्ट्र निर्माणमा तथा अन्य जनता र राष्ट्रको लागि विभिन्न कालखण्डमा विभिन्न तौर तरिकाले शासकले राज्य गरेको देखिन्छ भने बिप्लप पनि आफ्नो भिजन , बिचार , मुद्वा , नारा र सिद्वान्तमा उस्तै प्रतिबद्व र कटिबद्व देखिन्छ । उनी सदैव भन्ने गर्छन् राजासंग उनको कुनै गुनासो छैन । उनको बिश्लेषणमा राजा भन्दा राष्ट्रवादी शक्ति अरू कोहि व्यक्ति हुन सक्दैन तर अहिलेको २१ औं शताव्दीको अवस्थामा राजसंस्था एउटा दिवा सपना मात्रै हो ।

उनी जनताको छोरा नै देशको उच्चतम विन्दुमा बसेर शासन गर्न पर्छ र जनताको नै शक्तिद्वारा शासन पद्धति चल्न पर्छ भन्छन् । उनी वैज्ञानिक समाजवादबाट टेकेर साम्यवाद व्यबस्था नै आजको नेपालको बिकल्प हो भन्छन् । तर राष्ट्र र राष्ट्रियता कमजोर र बिखण्डनको भुमरीमा नेपाल गाँजि रहेको अवस्थामा यसलाई जोगाउन र स्वाधिन राख्न राजसंस्था सहित सम्पूर्ण राष्ट्रवादी र देशभक्त शक्तिहरूले एकीकृत जनक्रान्तिलाई अगाल्न पर्छ भन्ने बिप्लपको भनाई छ ।

आज गाउँ – गाउँ , शहर – बजार , सेना – प्रहरी , लेखक – वकिल , तथा अन्य तमामको ढुकढुकीमा बिप्लपले बास गरेको अवस्था छ । त्यस्तै हाल राजाको नेपालको पुर्वीय भ्रमणमा अपार जन समुदमयको उपस्थिति र साथले हाम्रो मुद्वा , नारा , सिद्वान्त र बिचारलाई उच्चतम बिन्दुमा पुगाएको महशुस हुन्छ । ढुङ्गैलाई भए पनि देउता पुज्ने र वैदिक साम्यवादलाई ग्रहण गर्दै आध्यात्मिकबाद तथा कर्मनिष्ठको ठूलो शक्तिले यदि यो देश अक्षुण्ण तथा अभिवाज्य राख्ने तथा पुर्ण स्वतन्त्रताको आवाज उठाउने हो भने राजसंस्थाको अपरिहार्यता देखेको छ । जसले मौलिक सभ्यता , राष्ट्रिय पहिचान र वैदिक सनातन हिन्दु अधिराज्यको जगेर्ना तथा सम्वर्धन गर्दछ । तसर्थ कर्तव्यनिष्ठ भई कर्मनिष्ठका साथ लाग्नको लागि राष्ट्रिय एकीकृत जनक्रान्तिको आवश्यकता छ जसमा सम्पूर्ण राष्ट्रवादी तथा देशभक्त जनशक्तिको साझा अभियान हुनेछ र यसले नै राष्ट्रक रक्षा गर्छ ।

अन्ततोगत्वा दुवै शक्तिको चाहना नै देश बचाउने हो , सिद्धान्त र बिचार भनेको तपसिलका कुरा हुन् देश भए खेल्ने ठाउँ रहिरहला । प्रचण्ड पनि दरवारले नै चलाएको हो भन्थे , कोहिले त राजा ज्ञानेन्द्र नै प्रचण्ड हो भन्थे । आखिर उनी त देश बिखण्डन गर्ने र देश ध्वस्त बनाउने बिदेशीका गोटि रहेछन् भन्ने प्रमाणित भयो । तसर्थ विप्लप दरवारले चलाएको भन्नेहरूले यति बुझुन् उनी यो देशको उकुस मुकुस परिस्थिति , देशको व्यथिती , भ्रष्टाचार बिरूद्व जनताको आवाजले जन्माएको हो । त्यसरि नै राजसंस्था आजको आवश्यकता बिखण्डनको चित्कारले नेपाल आमाको आँशु पुछ्नको लागि हो ।

जय देश जय जनता ।

प्रकाशित मितिः शनिबार, चैत्र २३, २०७५     9:29:34 AM  |

प्रतिक्रया दिनुहोस्