22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

क्यान्सर रोगबाट पिडित गायक खगेन्द्रलाई आर्थिक सहयोग जुट्न सुरु (भिडियो कुराकानी सहित) 

    | प्रकाशित मितिः शनिबार, चैत्र ३०, २०७५  

सुर्खेत । क्यान्सर रोगबाट पिडित सुर्खेती गायक खगेन्द्र नेपालीको राहत तथा उनको गीतको म्युजिक भिडियो निर्माणका लागि देश तथा विदेशबाट आर्थिक सहयोग जुट्न सुरु भएको छ ।

“क्या राम्रो छ मेहेली गाउँ बसौं माया शितल छाँया, 

मलाई पनि सम्झिराखे हृदयमा सानुमाया”

‘क्या राम्रो छ मेहेली गाउँ’ बोलको एउटैमात्र गीतले चर्चाको शिखरमा पुगेका गायक नेपालीको हड्डीको क्यान्सरले पिडित छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १६ साबिकको गर्पन मेहेलीमा जन्मिएका गायक नेपाली हाल सुर्खेतकै लेकबेसी १० दुबिचौरमा बसोबास गर्दै आएका छन्। निम्न आयस्तर भएका गायक नेपालीको २०५९ मंसिरमा रेडियो नेपालमा रेकर्डिङ्ग भएको गितको पछिल्लो समयमा भिडियो निर्माणको तयारी भएको हो ।

सुर्खेतका गायक तथा कलाकार डिलाराम आचार्य ‘ईच्छुक’ले केही दिन अघि गायक नेपालीसँग गरेको भिडियो कुराकानी हेरेर देश तथा विदेश बाट नेपाली युवाहरूले सहयोग रकम जुटाउन सुरु गरेका छन् ।

नृत्यकार नवीन वलीको पहलमा हालसम्म करिब ५५ हजार रकम संकलन भएको वलीले जानकारी दिएका छन् । ढिलोमा पनि ७६ जेठको पहिलो हप्तासम्म गायक नेपालीकै जन्मस्थान मेहेलीमा छायांकन र भेटघाट कार्यक्रम राखिने योजना रहेको गायक आचार्यले बताए।

सहयोग रकम उपलब्ध गराउने दाताहरूलाई सम्मानका साथै भिडियोमा नाम समेत राखिने भएको छ। पिडित गायक नेपालीको राहतका लागि डिलाराम आचार्यको आईएमइ नं ९८४८०४१५७७ तथा मोबाइल नं ९८१४५०६९२२, नवीन वलीको मोबाइल नं. ९८००५२६९६६ र निराजन ढकालको मोबाइल नं. ९८१४५८४८२३ मा सम्पर्क गर्न र निस्वार्थ भावले रकम जम्मा गर्न सकिने जानकारी दिइएको छ।

स्रोत : गायक डिलाराम आचार्य ‘ईच्छुक’ 

भिडियो हेर्नुहोस् :

प्रकाशित मितिः शनिबार, चैत्र ३०, २०७५     6:26:51 AM  |

प्रतिक्रया दिनुहोस्