17 June 2019  |   सोमवार, असार २, २०७६

नयाँ वर्षको सुरुवातसँगै अञ्जु निरौला अभिनित ‘मायाको झण्डा फरर’ (भिडियो सहित) 

    | प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६  

काठमाडौं । नेपाली संगीत जगतकी सदाबहार नायिका अन्जु निरौला अभिनित ‘मायाको झण्डा फरर’ बोलको लोकदाहोरी गीत नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको छ।

थुप्रै नेपाली लोकदोहोरी गीत,आधुनिक गीत तथा चलचित्रमा अभिनय गरेर लोकप्रिय बनेकी चर्चित नायिका निरौला विगत डेढ वर्षदेखि म्युजिक भिडियोमा देखिएकी थिइनन्। डेढ वर्षपछि आफ्नै प्रस्तुतिको रुपमा उनले यो गीत बजारमा ल्याएकी हुन् ।

यस गीतमा नेपाली लोकसंगीत क्षेत्रका लोकप्रिय अनि चर्चित गायक बिमल डाँगी र चर्चित गायिका माण्डवी त्रिपाठीको आवाज रहेको छ । एउटा कुरा भन्न त पाइएला, ज्यानले धोका दियो नभन, फापरको पिठो पठाइदेऊ आमा लगायतका थुप्रै लोकप्रिय गीतका गायक बिमल डाँगीले एक बर्षको अन्तरालमा यो गीत गाएका हुन्। डाँगीकै लय रहेको यस गीतमा गणेश चौलागाईको शब्द र बिमलराज क्षेत्रीको संगीत संयोजन रहेको छ ।

चर्चित निर्देशक शिव विकले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा अन्जु निरौलालाई रबिन्द्र प्रताप सेन र लोमस शर्माले अभिनयमा साथ दिएका छन् ।

रामेश्वर कार्कीको छायांकन, कमल प्रसाँईको ड्रोन र सुजन शाहीको सम्पादन रहेको यो गीत नायिका निरौलाले ‘गुन्द्रुक मिडिया’ नामक आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन्।

नायिका अञ्जु निरौला र यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना।

भिडियो हेर्नुहोस्

प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६     6:41:31 AM  |

प्रतिक्रया दिनुहोस्