18 July 2019  |   बिहिबार, साउन २, २०७६

बरु राजाको प्रजा बन्न मन लाग्यो !

    | प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६  

माधव केसी
आशा निराशामा बद्लियो भने मानिसहरु विभिन्न विषयमा सोच्न बाध्य हुन्छन् । चाहे त्यो पारिबारिक परिवेशमा
होस, चाहे सामाजिक परिवेशमा होस ,यात राजनैतिक परिवेश (घटनाक्रम )नै किन नहोस ।

हाे आशाको दिप बालिरहनु पर्दछ जसरि एउटा टुकीको सानो दीपले अन्धकार भएको एउटा ठुलो कोठालाई उज्यालो दिन सक्छ। तेस्तै मानिसलाई अाशाले जिवन्त राख्दछ । त्येसैले भन्ने गरिन्छ हामी आशाबादी रहनु पनि एउटा महानता नै हो ‘।  यो भनाइ एकहद सम्म सहि रेहेता पनि विभिन्न घटना क्रमले गर्दा मानिसले सपना देखेता पनि  आशाका दिपहरु बालिरहेता पनि कहिलेकाहीँ निराश हुन बाध्य हुदा रहेछन ।  यो आफैमा राम्रो कुरा पनि होइन तर घटना परिघटनाले धेरैलाई तेस्तो बनाउनु हाम्रो समाजमा स्वाभाविक पनि हो । त्येसैले पनि होला अझ बढ्ता क्रान्तिकारीहरुले नैराश्यतालाई क्रान्तिको अर्को रुप भनेर राज्य संचालकहरुलाई च्यालेन्ज गर्नेहरु पनि देखिन्छन ।

नेपालमा पनि पछिल्लाे समयका राजनीतिक घटनाक्रम लाई हेर्दा कता कता तेस्तै तेस्तै देखिन्छ। पछिल्लो केहि समय यता नेपालको राजनीतिमा निकै आशलाग्दा र एकमात्र विकल्पको रुपमा हेरिएका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली प्रति पछिल्ला दिनहरूमा बढ्दो असन्तुष्टि लाई हेर्दा नेपाली जनतामा फेरि एकपटक कालाे बादलले ढाकेकाे छ ।विशेषगरी सम्माननिय प्र.म र स्थायी सरकारप्रति आम मानिसहरुका निकै भरोसा देखिन्थ्यो । यसाे हुनुमा पनि खास गरेर केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुदा तेतिबेलाको बिषम परिस्थितिको सामना गर्दै उहाले राष्ट्र र रास्ट्रीयता प्रति लिएको अढानले नै ओलीप्रति आम मानिसको आशा भरोसा बढ्दै गएको थियो ।

त्येतिमात्र नभएर सरकार बाहिर छदा उहाले खेल्नुभएको प्रतिपक्षको भूमिकापनि कम प्रसासनिय थिएन । उहाँको भाषण शैली उहाँको खटाई धृणता जस्ता धेरै कारणले पार्टी भित्र र बाहिर रहेको युवा पक्ति संगै आम नेपलीमा ठुलो उत्साह जागेको थियो । र त पछिल्लो समय चुनाबी एकता संग संगै बाम एकताले गर्दा जनता धेरै उत्साहित थिए ।  अब देशमा ठुलै (आमुल परिवर्तन ) नै हुने अभिलासले अत्यधिक मत दिएर चुनाबमा जिताएपनि जनताले आशा भरोसा गरेकै व्यक्ति प्रधानमन्त्री पनि बने !

अबत बुढाबुढी हरुले पहिले जनाएको प्रतिबद्धताहरु सम्झदै मुख मिठाउन थाले , युवाहरुले देस भित्रै रोजगारी श्रजना भएको सपना देख्न थाले ,शैक्षिक बेरोजगारका कारण छट्पटाई रहेका युवाहरु धमिरा लाग्न थालेका सर्टिफिकेटहरु खोज्न थाले विदेस बस्ने युवाहरुले देश फर्केर र आफुले सिकेको शिप,ज्ञान काे प्रयोग गरि अाफ्नै देशमा  काम गर्न पाएको सपनादेख्न थाले बुढा बा आमाले बिदेस खाडीमा काम गर्न गएको आफ्नो छोरालाई सम्झदै सरकारले बाेलाएर देशभित्रै  रोजगार (जागिर )दिएको सपना देख्न थाले , बेरोजगारी युवाहरुले बेरोजगार भत्ता बुझ्न हिडेको सपना देख्न थाले गाउँमा बस्ने मानिसहरुले पनि गाउका बाटाहरु पिच भयका घर घरमा बाटा पुर्याइएकाे सपना देख्न थाले ,घण्टौ सम्म पानी बोक्न
हिड्नेहरुले घर अगाडी पानीको धारा आएको सपना देख्न थाले , किसानहरुले पेन्सन बुझेको सपना देख्न थाले ।

मजदुरले मासिक ३०००० भन्दा बदी तलब बुजेको सपना देख्न थाले , पानी पर्दा हिलो र नपर्दा धुलोको समस्या खेपिरहेका काठमाडौंबासीले रातारात बाटाहरु पिच भएको सपना देख्न थाले , कसैले समान सन्धिका लागि भारतले मार्ग प्रसस्त गरेको सपना देख्न थाले कोशी ढुवानले बर्षौं देखि दु:ख पाएका हरुले कोशी ब्यारेजको चापी नेपाल सरकारले फिर्ता लिएर आबस्येकता अनुसार ढाेका खोल्न सक्ने भन्दै (आनन्द निन्द्रा निदाउन थाले ) धेरैले धेरै सपना देख्न थाले तर सरकार आधारभूत कुराहरुमा भन्दा बढी पानीजहाज र रेलको मात्र सपना देख्न थाल्यो  ।

यहाँ सपना दुबैका ठिक छन् । सरकार देश जनताको पक्षेमा जनताकै सुविधाका लागी सपना देख्न थाल्यो । जनताले आफ्नालागि बढी सपना देख्न थाले तर फरक यती हो जनताका सपना अाशाहरु करिव करिव तुहिएका छन् । किनकि सरकारले अहिले सम्म अगाडी उल्लेखित विषय जस्ता अत्यन्तै आधारभूत विषयमा कुनै ठोस योजना अगाडी सारेको छैन ।

बरु अहिले त दुइ तिहाई बहुमत प्राप्त सरकारकाे रवैया हेर्दा त जनता झनै त्रसित भएको देखिन्छ । मुल्यवृद्धि नभएको कुनै चिज नपाइने भयो । अझ चित्त नबुझेको कुरा बोल्न पनि नपाइने हो कि भन्ने डर ,कर्मचारीलाई जागिर जाला भन्ने डर , पत्रकारलाई कार्येक्रम बन्ध होला भन्ने डर , डाक्टरलाई अपहरणमा परिने हो कि भन्ने डर ,हस्पिटलमा गोलि चल्ने हो कि भन्ने डर, कुनै सार्वजनिक कार्येक्रमको लागि विदेश  जादा एअरपोर्ट (विमानस्थल) बाट फर्कन पर्ने हो कि भन्ने डर , कहिँ  कतै भेला भएर बोलौ भने उक्त ठाउँ निषेधित क्षेत्र हो कि भन्ने डर आफ्नै घर गइ पैसाको प्रलोभनमा बुबा आमा , भाई बहिनि हरुलाई
धर्म परिवर्तन गराइने हो कि भन्ने डर भारको डर चिनको डर अमेरिकाको डर डरै डर जस्तो देखिन्छ ।

तेस्तो नहोस ढिलै भएपनि सरकारकाे समृद्ध नेपाल खुसी सुखी नेपालीको सपना पूरा हाेस । अझै हामी नेपाली जनताले असाध्यै माया गरेर पठाएका नेता हरुबाट दुइ तिहाईको दम्ब देखाउदै हामीले भनेको सबै कुरा मान्नुपर्छ भन्ने जस्ता अभिवेक्तिहरुले त आखिर हामी दास जस्तै त भयो । त्येसैले  यिनीहरुको दास र पछि गएर यिनीहरुकै  कारण विदेशीहरुको दास भएर बाच्नु भन्दा बरु राजाको प्रजा बन्न मन लाग्यो !!

प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६     12:22:58 PM  |

प्रतिक्रया दिनुहोस्