25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

सञ्चारकर्मी ललित पौडेलको संगीतमा रवि ओडको ‘दुई कौडीको बुद्धि’ (भिडियो सहित)

    | प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६  

काठमाण्डौ । सञ्चारकर्मी ललित पौडेल र भिम बिसीको संयुक्त संगीतमा ‘दुई कौडीको बुद्धि’ बोलको सुमधुर गीत सार्वजनिक भएको छ ।


दैलेख, सुर्खेत, बाँके, काठमाण्डौ लगायतका जिल्लाहरूका सञ्चारमाध्यममा कामको राम्रै अनुभव बटुलेका पौडेल हाल उज्यालो समाचार डटकम नामक डिजिटल पत्रीकाका प्रधानसम्पादक रहेका छन् । उनै सञ्चारकर्मी पौडेल यसै गीतमार्फत पहिलोपटक सांगीतिक क्षेत्रमा प्रवेश गरेका छन् ।
इट्टाघरेको शब्द रहेको ‘दुई कौडीको बुद्धि’मा नेपाल आइडल २ का विजेता रवि ओड र चर्चित अनि सुमधुर स्वरकी धनी गायिका मेलिना राईको आवाज रहेको छ । उदयराज पौडेलले संगीत संयोजन गरेको यो गीत किशोर थापाले रेकर्ड, मिक्सिङ गरेका हुन् ।
निकेश खड्काको निर्देशन तथा सुबोल थाया र राजेन्द्र कटुवालको कोरियोग्राफिमा बनेको यस गीतको म्युजिक भिडियोमा नायिका वर्षा राउत र रञ्जित पौडेलको अभिनय देख्न सकिन्छ ।
बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादनमा इट्टाघरे प्रोडक्सनले तयार पारेको यस गीतको म्युजिक भिडियो मेलिना राईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
सञ्चारकर्मी ललित पौडेल लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।।

भिडियो हेर्नुहोस्

प्रकाशित मितिः शुक्रबार, बैशाख १३, २०७६     6:48:02 PM  |

प्रतिक्रया दिनुहोस्