25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

लोकदोहोरी गायक लोकेन्द्र चन्दको ‘अभागी आमा’ (भिडियो सहित)

    | प्रकाशित मितिः सोमवार, बैशाख १६, २०७६  

काठमाण्डौ । लोकदोहोरी गायक लोकेन्द्र चन्दको आमाप्रति समर्पित लोकगीत ‘अभागी आमा’ सार्वजनिक भएको छ ।

पछिल्लो समय नेपाली लोक सांगीतिक क्षेत्रमा विभिन्न परिवेशमा आधारित गित संगीतहरूले वर्चस्व जमाईरहेका बेला रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका रुकुमेली गायक लोकेन्द्र चन्दले आमाप्रती समर्पित यथार्थपरक लोकगीत ‘अभागी आमा’ बजारमा ल्याएका छन् । गायक चन्दका यो गीतभन्दा अगाडी आधा दर्जन गितहरु सार्वजनिक भईसकेका छन् ।
यस गीतमा लाखौं नेपाली युवाहरु कमाएर घर धान्न र जन्माएका आमाबुवा र घर परिवार पाल्न विदेश जानुपर्ने बाध्यतामा विदेशीएका लाखौं छोराहरूकी आमा बुढेसकालमा निकै पिडादायक जिन्दगी गुजारा गर्नुपर्ने स्थिति र छोरा पनि बुढेसकालमा प्रवेश गरेकी आमासंगै हुन नपाउँदा निकै पिडामा रहेको अवस्था समेटिएको छ । त्यस्तै सन्तान जन्माएर पनि सन्तान बिना बाँच्नुपर्ने अवस्था सिर्जना भएको हुँदा भाग्य भएर पनि ‘अभागी आमा’ बन्नुपरेको व्यथालाई समेटिएको छ ।
सर्जक डम्बर चन्द ‘बगर’को शब्द र गायक चन्दको लय रहेको यस गितमा गायक चन्दको आफ्नै आवाज रहेको छ । सागर बिरहीको एरेन्ज रहेको यो गित शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
चर्चित निर्देशक कपिल लामाको निर्देशन, नवीन घर्ति मगरको सम्पादन र सुरेश श्रेष्ठको छायांकनमा एडभेन्चर इन्टरटेन्मेन्टले निर्माण गरेको यस गितको म्युजिक भिडियोमा रश्मि भट्ट, सन्देश श्रेष्ठ र बालकलाकार सुवर्ण श्रेष्ठको अभिनय रहेको छ । मेशना डिजिटल म्युजिक प्रालिले उत्पादन गरेको यो गीत मेशना डिजिटलको आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गायक लोकेन्द्र चन्द र यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।।

भिडियो हेर्नुहोस्

प्रकाशित मितिः सोमवार, बैशाख १६, २०७६     9:14:52 AM  |

प्रतिक्रया दिनुहोस्