22 August 2019  |   बिहिबार, भदौ ५, २०७६

कंगारुको १२ औं वार्षिकोत्सव सामाजिक कार्यमा समर्पित

    | प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६  

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो १२ औं वार्षिकोत्सवलाई सामाजिक कार्यमा समर्पित गरेको छ ।

मंगलबार परेको वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम तथा गरिब विद्यार्थीहरुलाई शैेक्षिक सामाग्री वितरण गरेर आफूलाई समाजसेवामा समर्पित गरेको हो ।

कंगारुको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजना गरेको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको जनाइएको छ । कार्यक्रममा कार्यालयका स्टाफ, विद्यार्थी लगायतले रक्तदान गरेको कंगारु एजुकेशन फाउडेशनले जनाएको छ । विद्यार्थीहरुलाई विदेशमा अध्ययनका लागि परामर्श दिँदै आएको उक्त एजुकेशन कन्सल्टेन्सीले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

IELTS, TOEFL, PTE, SAT को तयारी समेत गराउँदै आएको कंगारुले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब बालबालिकाका लागि शैक्षिक सामाग्री पनि हस्तान्तरण गरेको छ । हार्डविट नामक सामाजिक संस्थामा आश्रय लिइरहेका बालबालिकाका लागि स्कुल ब्याग, पेन, पेन्सिल, नोटबुक लगायत खेलौनाहरु पनि वितरण गरिएको कंगारु एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले बताए ।

हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्दै आएको कंगारुले यो वर्ष हार्डविट नामक संस्थामा आश्रय लिएर बसेका ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरीका तथा युरोपका विभिन्न देशहरुमा विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको कंगारुले ‘भविश्य उज्वल छ अभियान’ अन्तर्गत शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

अष्ट्रेलिया लगायत देशभर ८ ओटा शाखा मार्फत सेवा दिदै आएको कंगारुले विद्यार्थीहरुलाई भरपर्दो परामर्श सेवा दिदै आएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६     7:35:42 PM  |

प्रतिक्रया दिनुहोस्