22 August 2019  |   बिहिबार, भदौ ५, २०७६

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,कस्को कति पुग्यो ?

    | प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६  

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ ।

निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ भने डिजेल र मटितेलमा १–१ रुपैयाँ मूल्य बढेको छ । वृद्धि भएको मूल्य शुक्रबार राति १२ बजेबाट लागू हुनेछ ।

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा भएको छ भने डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत छ । पछिल्लो दुई सातामा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमको भनाई छ ।

 

 

प्रकाशित मितिः बिहिबार, बैशाख १९, २०७६     10:58:54 PM  |

प्रतिक्रया दिनुहोस्