25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

राजतन्त्र नै मर्यादित र अनुशासित शासन प्रणाली हो !

    | प्रकाशित मितिः शुक्रबार, बैशाख २०, २०७६  

विनय कुमार गौतम 
राजतन्त्रलाई पाखा लगायर गणतन्त्र स्थापना भएदेखि नेपाल र नेपाली जनताको दुर्दशा सुरु भए । परिवर्तनका नाममा सत्ता र शक्तिका लोभीपापी का कारण आज  देश को हालत जिर्ण अवस्था मा पुगी सक्यो । जनाधिकारको नाममा निमुखा जनतालाई बारम्बार बेकुप बनाउन पल्केका यो देशका गद्द्दा नेता र नेतृत्वका कारण राष्ट्रको सार्वभौमिकता माथि पटकपटक आक्रमण भयो ।

विश्व मानव चित्रमा वीर गोर्खाली ,वीर नेपाली भनेर शिर उठाएर छाती फुलाएर हिंड्ने हामी स्वाभिमानी नेपालीहरु अाज चारैतिरको अन्कुसीमा परेका छौ । दिन प्रतिदिन देशमा अशान्ति,हत्या,हिंसा , बलात्कार , अपहरण , भ्रष्टाचार , अनियमितता , तस्करी आदि इत्यादि , मौलाइ रहेकोले आम नगरिकले नै अाफुले अाफुलाइ नै सुरक्षित महशुष गर्न छाडि सकेका अवस्था छ ।

देशको यस्तो स्थिति देख्दा लाग्छ आम नेपाली जनताहरु लासमा परिणत भइ सकेका छन ।  बाचुन पनि कसरी ?दलाल नेताहरूले हेर्दाहेर्दै एकएक गरि नदी, नाला, हिमाल, पहाड, गाँउ , शहर र हुँदाहुँदा देश नै बेच्ने दौडाहा मा लागेकाले केहि गर्न नसक्ने अवस्थामा पुग्नु नै हाम्रो लागी दुर्भाग्यपुर्ण हो ।  सामाजिक सन्जालजस्ता कुराहरूमा केहि हुनुहुन्न सिधै गएर मुद्धा हल्दिन्छन । तर आज देश नै विखण्डन हुने अवस्थामा पनि चुइक्कसम्म नबोल्ने सत्तापक्ष ,बिपक्ष तथा अन्य राजनीतिक पार्टी र आम नेपाली जनता देखेर घिन लागेर आउन थाल्छ । दुई बिशाल देशको बिचमा स्वाभिमानी भई इज्जत का साथ र कहिल्यै शिर न झुकाएको हामी नेपाली आज आफ्नो शिर उचाल्न त के नेपाली हुँ भन्न सुद्ध हिचकिचाउन थाली सक्यौँ , किन ?

यो सबै कारण हो देश मा मौलाई रहेको ठुला तहका नेता तथा कार्यकर्ता र राजनितिक बिचौलिया बिचको देश बेच्ने होडबाजीको नमुना । कालो दाग लागिरहेको अवस्थामा नेपालमा कसैलाइ चासो छैन । सफा कसरी गर्नुपर्छ भनेर सिकाउने जस्तो गरेर एउटा आउँछ र एउटा थोक बेच्छ , एउटा आउछ अर्को थोक किन्छ । एउटा आउछ बाहिरिए  धर्मको प्रर्चार गरेर राज्य को अर्बौ श्री सम्पत्ति कुम्लाउँछ । अर्को आउछ मैले खान पाइन तैले मात्र खाइस भनेर बिद्रोह गर्छु भन्छ । एउटा आउछ ठुला ठुला कुरा गर्छ । एउटा आउछ लाज नपाचाइ क्षतिपुर्ती पाउनु पर्छ मैले किनेको भन्छ ।

काण्डै काण्ड , घोटाला नै घोटाला को छ । यहाँ जसले देशलाई न्याए गर्छ अव ?  घरभित्र कोठामा बसेर सामाजिक सन्जालमा उफ्रिने बाहेक केहि गर्न नसक्ने अबस्थामा छ जनता । आज आफ्नो स्वाभिमान गुमाउन नै आफै लागी परेका छन । जति यो देश मा भ्रष्ट्रचारी , घोटाला , काण्ड , बलात्कारी , अपराधी जस्ले जती अपराध गरे पनि त्यसको बिरोध गर्न र आवाज उठाउन नसक्ने हामी जनता तैं चुप मै चुप बाहेक कै गर्न नसक्नु नै लज्जासपद परिस्थिति हो हामी जनतामा ।

आज प्रत्येक घरका दिदीबहिनी असुरक्षित महसुस गर्छन, प्रत्येक घर का दाजुभाइ तर्सिन्छन , बाबाआमालाई त्यस्तै पिडा छ तर यस्को आवाज उठाउने कस्ले ?  देश यस्तो हरी बिजोग अवस्था बनाएको कस्ले ?  तपाईले , उस्ले , त्यस्ले वा मैले ?राष्ट्रबादी हु भन्ने नि धेरै देखियो । पद र पावर बिना पाइला उचाल्न नसक्ने ब्यक्तीले अहिले जनतालेफगर्छ भनी उचाली भगवान बनाइ लिएर हिंडी रहेकाछन । पशुपतीनाथको यो पुण्य भुमी जोगाउँन सबैको उत्तिकै मह्त्व छ । यदि  हामी मौन बस्यौ भने भोलीका दिनमा हाम्रा पिंढीले हामअंलाई नै धिक्कार्ने छन ।

आज यो स्वर्गभुमी , ऋषीभुमी , देवभुमी , तपोभुमीको हालत मरेको लाश झै भएको छ । जहाँ तँछाडमछाड पारेर लुस्ने गिद्ध प्रजाती का दलाल नेताहरुको कारण ले हामीले आफ्नो स्वाभिमान गुमाइ रहेको छौँ । स्मरण गरौँ , यो देशलाई जोगाई राख्ने शक्ती भनेको हिन्दूअधिराज्य सहितको राजस्संथा हो । किनभने राजसंस्थाले देशमा अनुशासन सहितको सत्ता प्राणाली लागु गर्छ भने धर्मले आफ्नो अस्तित्व जोगाइ राख्दछ ।

बिदेशी धर्म अङ्गाल्नुको बाध्यता यहा धेरैको आर्थिक अवस्था नाजुक भएर हो । तर अवस्था र ब्यवस्था बदल्न स्वोरोजगार नेपाली बनाऊन देशमा युवा पलायन रोक्नु जरूरी छ । तमाम भारतिय हजारौंको संख्यामा नागरिकता लिन लागि परेको बेला , त्यहि तमाम नेपाली जनता बिदेश जान र देश छोडी रोजगारी खोजी बाहिरिएका छन ।

तराईलाई उचाली मधेश बनाइ छुट्टै राज्य दिन्छु भनी हिंड्नेले अहिले आएर अङ्गिकृतलाई बंसजको नागरिकताका दिन लागि परेकाछन । यस्तो कार्य भनेको भोलीको दिन तराईलाई छुट्टै देश बनाउन लागिपरेकाहरू जनअभिमत भनी उफ्रेर देश टुक्राउन  खोज्नेले हो भन्ने बुझणन जरूरी छ । किटाणु जसरि मौलाएका जासूस डल्लरे, कठपुतली पैसाको भोगीहरुलाई ठीक पार्न अब साम , दाम, डण्डभेद सहित आफ्नो देश भन्दा ठुलो केही छैन भनी लाग्न अावश्यकता छ ।

तत्पश्चात एक एक गरी गलतलाई सही बनाइ , असत्य माथि सत्यको बिजयी गराइ , नराम्रोलाई राम्रो बनाई जनताको सत्तामा राज सत्ता सहितको आफ्नो मौलिक पहिचान सभ्यता , राष्ट्रिय  पहिचान , भेषभुषा , भाषा , जोगाइ यो देशलाई अब बैदिक सनतान हिन्दू अधिराज्य सहितको राजसंस्थाको बलियो संस्थालाई अभिभावकत्व दिलाई नेपाल बनाउने बाहेक अरु बिकल्प नरहेको देखिन्छ ।

त्यसैले अब घर घरबाट उठौं । सामाजिक सन्जालबाट बाहिर निस्कि सबै जना एकएक गरी देश बचाउन अब सडक , गल्ली चोकचोक बाट उठी दलाल ,भ्रष्ट्रचारी , बलात्कारी , अपहरणकारी लाई यो देश बाट लखेटौं । हिम्मत गरौं , परिवर्तन अवस्य हुन्छ । हिन्साको बाटो न चुनौं जनताको मन जित्ने बाटो चुनौं । सडक संघर्ष गरी अवस्था र ब्यवस्था दुवै परिवर्तन गरौं । एकदिन जीत सत्यताको अबस्य हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २०, २०७६     10:55:02 AM  |

One Comment

प्रतिक्रया दिनुहोस्