25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

हो म एक मजदुर हाे !

    | प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६  

माधव केसी
हो मेरो परिचय आजको दिनसम्म आइपुग्दा एक मजदुरको रुपमा सिमित छ । यतिमात्र होइन मेरो बुवा आमाको परिचय पनि मजदुरकै थियो या मजदुरकै रुपमा सिमित रहयो । यसरी हेर्दा मेरो दुइओटा परिचय हुन गए । एक मजदुर र अर्को मजदुरको छोरा । म जन्मेर जान्ने हुदा खेरिनै मेरा बुवा आमा पहिले देखिनै काम गर्दै आउनु भएको एक प्राइभेट कम्पनीमा काम गर्न जानुहुन्थ्यो । उहाँहरुले त्यस कम्पनीबाट कमायर लिएको पैसाले हाम्रो छाक टर्दै आएको थियो । उहाँहरुले बडो मिहेनत गरेको बिहानदेखि साझसम्म काम गरेर कमाए को पैसाले बिहान साझको छाक टार्नु  सिवाए अरु केहि गर्न सकिदैनथ्यो !

समय यसैगरी जसोतसो बित्दै गयो । पछि म जन्मिसकेपछि मलाई लाग्छ बुवा आमाले साझ बिहानको छाक कटायरै मलाई हुर्काउनु भयो । जनतन ५ कक्षासम्म पढाउनु पनि भयो र त्येसभन्दा माथि पढाउन सक्ने उहाहरुको अवस्था थिएन । म पछि मेरी अर्की बहिनि जन्मि सकेकी थिइन, उनलाई पढाउने हुर्काउने जिम्मेवारी पनि बुवा आमाकै थियो । एकदिन काम नगर्दा बिहान साझको छाक रोकिन्थ्यो । त्यसमा हामी भाइबहिनी माथिको  जिम्मेवारी पनी ।

जति काम गरेतापनि साहुले तलब बढाउनुकाे साटो अझै काम भएन भन्दै झन घटायर दिन्थ्यो रे ! केहि बोल्यो भने कामबाटै  निकाल्दिने हो कि भन्ने डर त्यतिकै थियो। यस्तै बाध्यत्मक परिस्थितिले गर्दा मैले पनि पढाई छाडे । अनि त्यहि साहुको कम्पनीमा बुवा आमासंगै काम गर्न जान थाले । त्यहा मैले साहुले भनेको सबै काम गर्नु पर्थ्यो । सानो भएकोले साहुले मलाई आफ्नो अफिस सरसफाइ गर्ने लगाएतका हल्का काममा बढी लगाउथ्याे । अफिस जति सफानै राख्दा हाेस या उसले भनेका सबैकाम गर्दा  । दिनमा २/४ पटक गाली नखाएको दिन नै हुदैनथ्यो । साहुले किन गाली गरिराखेको छ कारण मलाई थाहा थिएन । एकदिन किन गाली गरेको भनेर प्रश्न गर्दा पिटिनु परेको दिन म आज पनि सम्झनछु ।

त्यसपछि म चुपचाप काम गरिरहे । पिटाई खाएको घटना घरमा आएर बुवा आमालाई सुनाउदा उहाहरुले मुटुमा गाठो पार्नु भयो । उहाँहरु केहि बोल्न नसक्ने अवस्थामा पुग्नुभयो । साएद उहाहरुले पनि यस्तै भोगाई भोगेर होला । त्यो मलाई थाहा भएन र उहाहरु केहि नबोली बस्नुभयो । अनी मेरो मनमा विभिन्न प्रश्नहरु उठ्न थाले । अाजकाे दिनसम्म मेरो बुवा आमाले कति दु:ख भोग्नुपरेहोला ? यतिका दिनसम्म पनि बुवा आमाले लेवरको रुपमा कम्पनि भित्र निकै अप्ठ्यारा कामहरु गर्नु पर्थ्यो ।

बरुपछि गएर थाहा पाए तेही कम्पनीमा कामगर्ने अलि उपल्ला दर्जाका कर्मचारी (कामदार)हरुले पनि हाम्रा बुवा आमा जस्ता धेरै कामदार हरुलाई हेप्दाे पाे रहेछन् र मलाई लाग्यो हामी मजदुरहरु कतिदिन यसरी दबिएर बस्ने हामि मजदुरहरुले मुक्तिको सास कहिले फेर्ने होला जस्ता प्रश्नहरु मनमा उब्जिन थाले र मैले काम गर्ने क्रममा एउटा कम्पनीको मालिक र मजदुरको बिचको खाडल तेही मालिककोमा काम गर्ने अर्को ठुलो कर्मचारी हाकिम (कामदार) बिचको खाडल उनीहरु दुबैले मजदुरलाई गर्ने अमानवीय व्येवहार देख्दा मलाई असैहे लाग्यो।तर के गर्ने मान्छे लाई बाध्यताले गाझ्दाे रहेछ ।

यतिमात्र कहाँ हाेर यहाँ त मजदुरको नाममा संगठन खोलेर राजनीति गर्दा रहेछन मजदुरका मुद्दा उठाएर आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्ने र पदमा बसेर मालिकसंग मिलेर कमिसन खाने र मजदुरलाई तेही मालिककै निर्देसनमा मालिकले भन्दा पनि अमानवीय व्यबहार गर्ने मजदुर नेता भनाउदाहरु पनि रहेछन । आजसम्म पनि यसरी नै चल्दै आएको छ नेपाली राजनीतिक इतिहासमा हरेक राजनीतिक घटनाक्रम  परिवर्तनका पछाडी मजदुरहरुको उतिकै ठुलो हात देखिन्छ ।, तर पछि गएर मजदुरकै मुद्दा उठाएर नेता बनेका हरुलेनै तिनै मजदुरलाई चिन्न समेत चिन्दैनन ! खाली स्वार्थ पुरा गर्ने र मजदुरलाई लात हान्ने प्रवृत्ति आजपनि देखिन्छ । र त आज पनि मजदुरका समस्या जिउकातिउ छन्  मजदुरहरुलाई हेर्ने प्रबृत्ति आजपनि बदलिएको छैन र पनि ।

मे १ लाई दिवसको रुपमा नेपालमा पनि भब्यताका साथ मनाइन्छ ।,तर जबसम्म राष्ट्रनिर्माता ,राष्ट्र सेवक
मजदुरहरुको मुक्ति हुन सक्दैन तबसम्म हामीजस्ता मजदुरहरुका निमिक्त मजदुर दिवस मे १ ले खास कुनै अर्थ राख्दैन! त्यसैले एक सच्चा देशभक्त म मजदुर हामी जस्ता सबै पक्षेबाट दु:ख पीडा खेपिरहेका मजदुरहरुले मुक्तिको सास फेर्ने,न्याय,सम्मान पाउने बाताबरण नबन्दासम्म यो दिवस दिवसको रुपमा मनाउनै शक्दैनाै । त्यसकारण मे १ लाई अझै तिनै साहुजन र तिनलाई  (दलाल पुजीबादलाई ) सन्रक्षेणगर्ने पार्टीहरुले बढाे धुमधामका साथ मनाएको देख्दा झनै टाडैबाट मे 1 बहिस्कार गर्दछौं । जय मजदुर !! जय देश !!!

(लेखक माधव केसी राष्ट्रिय हिन्दु युवा मन्च नेपालका संयाेजक हुन)

प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६     12:27:23 PM  |

प्रतिक्रया दिनुहोस्