25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

घोडाघोडी पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना -चरा संरक्षणमा जुट्न आग्रह

    | प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६  

इन्दु केसी सुखड(कैलाली) । पर्यटन प्रवर्द्धनको माद्यामबाट आर्थिक समृद्धिको लागि निकै महत्वपूर्ण मानिएको कैलालीको घोडीघोडी क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटकको सङ्ख्या वृद्धि गर्न विशेष कार्यक्रम संचालन गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

चरा संरक्षण नेटवर्क कैलालीले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा सहभागी सरोकारवाला निकाएले आन्तरिक तथा बार्ह्य पर्यटको सङ्ख्यामा उल्लेख्य वृद्धि गरी आर्थिक समृद्धिमा घोडाघोडीलाई अब्बल पार्न पर्यटन पर्वदन सहितका कार्यक्रम संचालन गर्न आवस्यक रहेकोमा जोड दिए ।

नेटवर्कले गरेको अफ्नो बार्षिक कार्य समिक्षा कार्यक्रममा चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले घोडाघोडी क्षेत्रमा चराको संख्या बढेको तथ्यांक प्रस्तुत गरे । उनले आगामि दिनमा घोडाघोडीमा चरा हेर्ने पर्यटक भित्रयाउन बिभिन्न खाले कार्यक्रम हरु ल्याउनेमा जोड दिए ।

कार्यक्रममा संस्थाले गरेको मुख्य कार्य चरा अवलोकन घर,चरालाइ खेल्न सहज होस भन्नका लागि घोडाघोडीमा बोट बिरुवा,चुरे भावर संरक्षणका लागि जन समुदायमा चेतना अभिबृद्धि सम्बन्धि अभिमुखिकरण,फोकल शिक्ष्ँकका लागि तालिम,विद्यार्थीहरुलाइ चराको महत्वका बारे अभिमुखिकरण लगायतका बारे जानकारी  दिइएको थियो ।

कार्यक्रममा बोल्दै पंक्षी संरक्षण संघका फिल्ड सहजकर्ता हिरुलाल डगौराले नेपाल पंक्षी संरक्षण संघले गरेका कार्य बारे जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै संरक्षणकर्मि हेम बलमे घोडाघोडीलाइ बिश्व रामसार सुचिमा सुचिकृत गर्ने पहिलो माध्यम चरा रहेकाले त्यसको संरक्षण गर्नु पहिलो दायित्व भएको बताए ।

यसैगरी कार्यक्रममा निजि उद्यमि डबल शाहले चरा संरक्षणबाट घोडाघोडीमा पर्या पर्यटनको बिकास गर्न सकिने कुरामा जोड दिए । उनले पर्यटन बिकासका सबैले लागि चरा बचाउका लागि संरक्षणमा  सबै लाग्नुपर्ने बताए भने फेकोफनका नगर अध्यक्ष मैना ढकालले चरा संरक्षणका लागिसामुदायिक बनको आवश्यक पर्ने बताउदै सबैभन्दा पहिले सामुदायिक बन बचाउनुपर्नेमा जोड दिइन । उनले घोडाघोडी बिकासका लागि कसैले गरीरहेको कार्यमा खुट्टा तान्ने भन्दा पनि सहयोग गर्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष चादनि आचार्यले प्रत्यक नागरीकले आफ्नो दायित्व सम्झिदैनन तब सम्म  बिकास हुन नसक्ने बताइन । उनले चरा हेर्नलाइ घोडाघोडी जाउ भन्ने बनाउनुपर्नेमा जोड दिइन । चरा संरक्षण नेटवर्कका उपाध्यक्ष्ँ जमुना न्युरेले सञ्चालन गरेको कार्यक्रममा फोकल शिक्षक,सरोकारवाला निकाय, बुद्धिजिबि,संरक्षणकर्मि लगायतकाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६     7:51:19 PM  |

प्रतिक्रया दिनुहोस्