18 July 2019  |   बिहिबार, साउन २, २०७६

हामी जनता हुने कि नागरिक ?

    | प्रकाशित मितिः सोमवार, बैशाख २३, २०७६  

मनोज पराजुली
विदेशीका एजेण्ट,भ्रष्ट अनि नैतीक पत्तन भएका राजनैतीक दल र तिन्का नेताका कार्यकर्ता जनतालाई हैन, नेपाली “नागरिक” लाई मेरो केही प्रश्न; कृपया जवाफ दिनु भन्दा पनि आँफैले आँफैलाई सोधौ र जवाफ पनि आँफै सोचौं । के हामी देश पराइ भएको, परनिर्भी भएको र बिमारी भएको हेरेर बस्ने कि ? अब क्रान्ति गर्नेलाई साथ दिने?

अझैपनि राजनीतिक अवधारणा बोकेर, सिद्धान्त छाटेर बसेको भरमा या मिडियामा र झण्डे र झुण्डे जुलुस को विरोधले क्रान्ति  हुन्छ? परिवर्तन आउछ? राजनैतीक दल र व्यवस्थालाई “दोष” दिने बित्तिकै परिवर्तन आउछ? हामीले खोजेको “सिस्टम” आउछ? के अझै विदेशीको आशमा या विदेशीले थोपरिदिएको व्यवस्थामै चल्ने “निरिहपन” देखाउने? ६० लाख बढी युवा विदेशमा छन भन्ने बित्तिकै देशमा समृद्धि आएको हो ?

के विदेशिनु नै समृद्धि हो? के हामीले विदेशमा पसिना बगाएर कमाएको पैसाको नेपालमा सही हिसाबले सदुपयोग भाको छ? खाडी कहिलेसम्म? फर्केर के गर्ने?संसारका लगभग सबै आतंकवादी संगठणका प्रतिनिधिहरुलाई सुरक्षा प्रदान गर्दै छ यो व्यवस्था र यो व्यवस्था चलाऊने मतियारहरुले अझै कैले सम्म मेरो दल र तेरो दल भन्ने?

जुनसुकै दल र सरकार आओस । देश र जनता सधैं ठगिएकै छन भने मेरो र तेरो कहिलेसम्म भनेर आफुलाई अर्कै दर्जामा राख्ने? कुनै पनि दलले देशलाई निकास दियो को परनीर्भी बनायो? के अझै अरुको आश गर्ने? के अझै कुर्सीको आशमा अनि आफ्नो परिवारको समृद्धि मात्रै सोच्ने? के अझै राजनीतिक सिद्धान्त र परीभाषा छाटेर बस्ने? सिद्धान्त र बादले के देश बन्छ? अब न निस्के कैले निस्किने? देश र जनताको भबिष्यको चिन्ता छैन?

दुई चार परिवार अमेरिका र युरोपमा सेटल्ड छन भन्ने बित्तिकै देश प्रतिको जिम्मेदारी सिद्धियो? ति गरीब र निमुखा जनता प्रतीको नैतीकता सिद्धियो? देश प्रतिको कर्तब्य सिद्धियो?

ओली सरकारको “समृद्धि” को परीभाषा; र हाम्रो “क्रान्ति” गर्न नसक्ने निरिहपन…..

१- सर्भे र सम्भावनाको अद्ध्ययन गर्ने र गराउने नाउमा राज्यकोषको दोहन ।

२- प्रतिवेदन बनाउने र बुझाइएको प्रतिवेदन गायब गर्ने

३-  अनावश्यक आयोग र नियोग अनि कार्यालय खोलेर कार्यकर्ता र आफन्तको भर्ती केन्द्र बनाउने

४- भ्रस्टचार गर्न आँखा चिम्म गरेर छुट दिने अनि जनताले पत्तो पाउने बित्तिकै या संचारमाध्यममा आउने बित्तिकै आयोग बनाउने

५-  सो आयोगमा फेरी आफ्नै कार्यकर्ता र “गोजी” का मान्छे राख्ने अनी आयोग बन्द गर्ने

६- भ्रस्टहरुलाई जति सकिन्छ ढाकछोप गर्ने र यदी सकिएन भने अदालतमा लाने र सेटिङ्गमा न्युनतम जरिवाना तिराएर “चोख्याउने”

७ – अदालतलाई सोझै हस्तक्षेप गरेर ठुला करदातालाई उन्मुक्ती दिने

८- शिक्षा र स्वास्थमा “माफिया” तन्त्र चलाऊने अनि बकुम्फुसे भाषण गर्ने

९- बिपक्षी र अन्य दल सबै साझिदारी र चौकिदारी गर्ने।

१०- खोइ काङ्ग्रेस होस् या अरु दल, एनसेल र नागरिकताको बारेमा बोलेको?

११- खोइ शिक्षा विधेयकमा बोलेको?

१२- खोइ सरकारी जमिन अतिक्रमणमा बोलेको?

१३- जनताको बिरोधलाई, जनताको आक्रोशलाई सम्बोधन गरेको खै?

१४- सर्भे र सम्भावनाको भाषण गर्ने अनी राज्यकोषको दोहन बाहेक के पायौ हामीले?

१५- औषधी उपचार र विदेश भ्रमणको नाउममा राज्यकोषको दोहन बाहेक के पायौ हामीले?

१६- राष्ट्रघाती संधी र सम्झौता बाहेक के पायौ त हामिले?

१७- शिक्षा, स्वास्थ अनी पानी र बिजुलीमा तस्करहरुको बाहुल्यता बाहेक के पायौ त हामीले?

१८- कमिसन र भ्रस्टचारलाई राजनैतीक संस्कृती बनाउने बाहेक के पायौ हामीले?

१९- जनताको आधारभुत आवश्यकता माथि सम्बोधन हैन राजनीति हुने बाहेक के पायौ हामीले?

२०- सरकार जताततै छन भन्ने सरकारले आज जनता लाई न्याय समेत दिदैन, के यही हो समृद्धि ?

२१- विरोध को बिरोध हैन ।तर गफ गरेको भरमा समृद्धि पक्कै आउँदैन। त्यो देखिनु पर्छ, अनुभुत हुनुपर्छ, खै?

२२- आज हामी सडकमा निस्किदा असुरक्षित छौ, महंगीले ग्रस्त छौ, खै समृद्धि ?

२३- सिण्डिकेट र कार्यकर्तालाई चेप्ने प्रवृत्ति कहिलेसम्म ?

२४- जनताको नाममा देश र जनता लुट्ने कहिलेसम्म ?

२५। सिद्धान्त र सुगें रटाइले हामीलाई कहिलेसम्म गाँज्ने हो?

यथार्थमा सबै राजनीतिक दल, वौद्धिक जमात, अधिकारवादी, र वौद्धिक समाज सबै मिलेर देशलाई अस्तब्यस्त बनाउदै अन्तिममा या त भुटान, फिजी, या अफ्गानिस्तान बनाउने षड्यन्त्रका साझेदार मात्रै हुन। यिनिहरुलाई राष्ट्र, राष्ट्रियता, धर्म, शिक्षा, स्वास्थ या जनताका आधारभुत आवश्यकता को चिन्ता छदै छैन। सबैले विदेशी शक्तिकेन्द्र  बाट तलब र भत्ता बुझेकै छन ।

एक हातमा ग्रिनकार्ड र अर्को हातमा राष्ट्रियता बोकेकै छन। चिनिएका अनुहार, नेता,वौद्धिक वर्ग, अधिकारवादी, पत्रकार र हिजोका माले, मण्डले, मसाले, काङ्ग्रेस, एमाले, सबै…लगभग सबैका…परिवार विदेश मै छन। अनि किन र कसरी यिन्ले निमुखा जनता को लागि लड्ने? किन हाम्रो सन्ततिलाई शिक्षा र स्वास्थ या सम्रिद्ध नेपालको लागि लड्ने? यिनिहरुको त दुवै हातमा लड्डु छ ।

भोली देश जता सुकै जाओस । नेपाली को अश्मिता र अस्तित्व जे सुकै होस्, यिनिहरु त विदेश फर्किने हुन। जबसम्म लुट्न पाईन्छ, कुर्सी र पद पाईन्छ तवसम्म राष्ट्रियता छाट्ने हो। पद सिद्धियो राष्ट्रियता पनि सिद्धियो। हिजो एउटाले गरेको काम राष्ट्रघाती भयो भनेर मिडियामा फलाक्नेहरु आज त्यही काम राष्ट्रबादी हो भनेर पछि पर्दैनन अहिलेका सिद्धान्तवादी र देशभक्त भनाउदा अभियन्ताहरु !

नागरिकता विधेयक होस् कि एन्सेल काण्ड होस्। बच्चा को अपरहरण र हत्या होस् कि निर्मला जस्ताको बलात्कार र हत्या। यिनिहरुको नियत बिहान बेलुका “चेन्ज” हुन्छ! देखेकै कुरो हो ।

 र उपाय:
आमुल परिवर्तनको लागि क्रान्ति जुनसुकै तवरबाट। भ्रष्ट र भ्रष्टचारीलाई सोत्तर पार्ने बित्तिकै यो भ्रस्ट व्यवस्था ढल्न मज्बूर हुन्छ । र हामीले खोजेको “सिस्टम” पनि आउछ। देखिने र देखाउने “अभियान” प्रायोजित छन।  भोली फेरी पुरानै बोतलमा नयाँ रक्सी मात्रै हो। जनता आँफै जाग्ने हो। हामी तयारी गर्दै छौ, साथ दिने आत र आट चाहिएको छ्। जब सम्म “डर” हुँदैन, कानून बन्दैन।

जबसम्म कानून बन्दैन, भ्रष्टचार र देशद्रोह रोकिन्दैन। र जबसम्म कानून लाई पालना गराउने इमान भएकाहरुले देश चलाऊदैनन, अपराधीहरु खुल्लम खुल्ला हिंड्नेछन। र अपराध र अपराधीलाई सजाय हुनैपर्छ, र यस्तालाई सजाय दिनु पनि धर्म हो, हाम्रो कर्म हो र हाम्रो कर्तब्य हो। आफ्नो कर्तब्य बुझौ र सोचौं, उपदेश दिएको भरमा देश बन्छ? नअत्तालिउ, बेला भाको छैन भनेको भरमा देश बन्छ?

हामीले न गरे कस्ले गर्ने? अहिले न गरे कैले गर्ने? IF NOT US, WHO? IF NOT NOW, WHEN? नत्र के हामी देश सिद्धिदै गएको हेरेर बस्ने कि अब साथ दिने? तन, मन र धन सबै चाहिन्छ। म मर्न तयार छु भनेको भरमा “क्रान्ति” हुँदैन र अन्लाइन अनि मिडियामा बोलेर पनि क्रान्ति हुँदैन। क्रान्ति गर्न मैदानमा आउनु पर्छ, एक्सन गर्नै पर्छ, नत्र बोल्न र लेख्न त सबैलाई आउछ।

हामी तयार छौ, अब तपाईं तयार हुने कि न हुने? राजा आउने, राजा ल्याउने भन्ने बित्तिकै पनि देश बन्दैन किनकी राजाले त “अबिभावक्त्व” लिने मात्रै हो । राजा र राजसंस्था भनेको हाम्रो पहिचान मात्रै हो, देश त हामीले चलाऊने हो, हाम्रो हिसाबले। त्यसैले “राजा” आउने बित्तिकै सबै ठीक हुन्छ भनेर सोच्नु सर्बथा गलत हो। हामीलाई मर्यादित राजसंस्थामा निहित जनताको शासन चाहिएको हो। प्रत्यक्ष निर्बाचित सरकार अनि जनताको समान अधिकार चाहिएको हो, न कि कुर्सी तताउने मन्त्री?

चाप्लुसी गरेको भरमा या विदेशीको आशिर्वादले आउने कुनै पनि सासक इमान्दार हुँदै हुँदैन। र यदी अब राजालाई पनि फेरी तिनै “शक्तिकेन्द्र” हरुले स्थापित गरिदिने हो भने, त्यो दिगो पक्कै हुने छैन। र अर्को अर्थमा भन्ने हो भने त्यो झन भयंकर अनिष्ट न होला भन्न् सकिन्दैन किनकी आजका जनता सचेत छन, र जुन दिन जनताले चाहन्छन, व्यवस्था मात्रै हैन, संस्कृती नै परिवर्तन गर्न पनि सक्छन! त्यसैले अब राष्ट्र, राष्ट्रियता, धर्म र शिक्षाको लागि हाम्रो साथ हामीलाई जधौ !!

प्रकाशित मितिः सोमवार, बैशाख २३, २०७६     11:09:09 AM  |

प्रतिक्रया दिनुहोस्