25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

फुर्वा शेर्पाको नशालु नयन (भिडियो सहित)

    | प्रकाशित मितिः बुधबार, बैशाख २५, २०७६  

काठमाण्डौ । गायक तथा सर्जक फुर्वा शेर्पाको नशालु नयन बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।


फुर्वा शेर्पाकै शब्द रहेको यस गीतको लय केशर लामाले संकलन गरेका हुन् भने आवाजमा फुर्वालाई गायिका जयन्ती जिरेलले साथ दिएकी छन् ।
चर्चित अनि लोकप्रिय निर्देशक शंकर वि.सी.को निर्देशन, मधुर बस्नेतको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा निर्देशक वि.सी. र अप्सना थापाको जोडदार अभिनय देख्न सकिन्छ ।
शिरबन्दी डिजिटल म्युजिक प्रा.लि.ले उत्पादन गरेको यो गीतलाई म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
गायक फुर्वा शेर्पा लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।।

भिडियो हेर्नुहोस्

प्रकाशित मितिः बुधबार, बैशाख २५, २०७६     9:16:49 PM  |

प्रतिक्रया दिनुहोस्