25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

बिवश र रिजनको सालैजो गीत ‘फूल झैं जोवन’ शर्मिला गुरुङको आवाजमा (भिडियो सहित)

    | प्रकाशित मितिः शनिबार, बैशाख २८, २०७६  

काठमाण्डौ । लोकदोहोरी गायक तथा सर्जक बिवश दर्लामी र रिजन घलेको ‘फूल झैं जोवन’ बोलको संयुक्त सालैजो गीत सार्वजनिक भएको छ ।

‘कसैले साथ दिन खोज्दैन’ बोलको लोकदोहोरी गीतमा मार्मिक लय सृजना गरेका गायक तथा सर्जक दर्लामीका यसभन्दा पहिले ‘तिमी बिना प्राण गाछैन’, ‘तिम्लाई सम्झेर दिन कटाउने’ लगायतका लोक तथा दोहोरी गीतहरू सार्वजनिक भइसकेका छन् भने अन्य थुप्रै गीतहरूमा उनले लय तथा शब्द भरेका छन् । उनका हरेक गीतहरू उत्तिकै चर्चित पनि छन् । आफैमा एक सुमधुर स्वर भएका गायक दर्लामी लाईभ दोहोरी गाउनका साथै गीतहरूमा सुहाउँदो लय तथा शब्द भर्न उत्तिकै माहिर छन् ।

उनै सर्जक तथा गायक दर्लामीले आफ्नै लय, शब्दमा फेरि अर्को सालैजो गीत लिएर आएका छन् । जसमा उनलाई पुरुष आवाजमा रिजन घलेले साथ दिएका छन् भने महिला आवाज सदाबहार लोकप्रिय अनि चर्चित गायीका शर्मिला गुरुङको रहेको छ । यो गीतको अडियो सागर बिरहीको एरेन्जमा मार्मिक रेकर्डिङ स्टुडियोले तयार पारेको हो ।

दिपक गुरुङको निर्देशन, दिनेश मुस्कानको छायांकन र निरेन श्रेष्ठको सम्पादन रहेको यस गीतको म्युजिक भिडियोमा चर्चित नृत्याङ्गना आरुषी मगर, दिपक गुरुङ, गौरव अर्याल र भावना सुनारको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

ज्योति फिल्म्सले निर्माण गरेको यस गीतको म्युजिक भिडियो डिके इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायक तथा सर्जक बिवश दर्लामी लगायत यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना ।।

भिडियो हेर्नुहोस् : 

 

प्रकाशित मितिः शनिबार, बैशाख २८, २०७६     2:24:38 AM  |

प्रतिक्रया दिनुहोस्