22 August 2019  |   बिहिबार, भदौ ५, २०७६

एकलाख अमेरिकि डलरसहित विमानस्थल बाट भारतीय महिला पक्राउ

    | प्रकाशित मितिः शनिबार, बैशाख २८, २०७६  

काठमाडौं । काठमाडौंबाट भारतको मुम्बइ जान लागेकी एक भारतीय महिलाको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले १ लाख अमेरिकी डलर बरामद गरेको छ।

शनिबार नेपाल एयरलाइन्सबाट मुम्बइ जान लागेकी ४४ वर्षकी बन्दना धनश्याम सोनीको साथबाट १ लाख अमेरिकी डलर बरामद गरिएको विमानस्थल प्रहरीका एसएसपी सन्दीप भण्डारीले जानकारी दिए।

लुकाइ छिपाइ लैजान लागेको अवस्थामा चेक गर्दा सो डलर बरामद भएको उनले बताए। सोनीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा प्रहरीले बुझाएको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख २८, २०७६     12:46:32 PM  |

प्रतिक्रया दिनुहोस्