22 September 2019  |   आइतवार, अशोज ५, २०७६

नेपाल झन चेपुवामा !

    | प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६  

सोम विक्रम सिंह

राष्ट्रपतिको भ्रमण टोलीमा एउटा विशिष्ट व्यक्ति पुर्व प्र.म.पनि पुच्छर लागेर गएका थिए । उनी चीनमा उत्रिने बित्तिकै छुट्टै गन्तव्य बनाएर हिंडे । चीनमा बेल्ट एण्ड रोड ईनिसियटिभको स-साना कार्यक्रममा भाग लिएर  काठमाडौं आए । एकदिनको काठमाडौं बसाई पछि तु अमेरिका उडे । नेपालमा एशिया प्यासिफिक समिट गराएर ओली र कम्युनिष्ट पार्टिलाई ह्यकजा मुनको होली मुतमा डुवाउन सफल व्यक्तित्व माधव नेपाल के चीनमा पश्चिमाको हुलाकि बनेर गएका थिए ?

हुन त चिनीयाहरूलाइ हाम्रा नेताहरूले विदेशा हाम्रो नातेदार धेरै छन् । बेला बेलामा भेट्न जान पर्छ भनेर आखामा छारो हाल्न खोज्या होला । चिनियाँ हामी भन्दा हजारौ गुणा बाठा छन् । तिमी जस्ता नेतालाइ घाम सुताएर सुकुटी बनाईदिन्छन् । चिनीयाहरूले तिमीहरूको खुट्टीको चाल देखेर आकलन गर्ने क्षमता राख्दछन् ।

बडा महाराजाधिराज पृथ्वीनारायण शाहले भने झैं उप्रान्त यो राज्य दुई ढुंगाबिचको तरुल रहेछ । चीनका बादशाहसँग ठूलो घाहा राख्नु । दक्षिण समुद्रको बादशाहसंग घाहा त राख्नु तर त्यो महाचतुर छ । हिन्दुस्थानको शरजमिन गराइ राखेको छ । यो अत्यन्त सान्दर्भिक भनाइ जो आजसम्म लागू हुन्छ । हामीले बिदेशीको इशारामा नाच्दै गर्दा छिमेकिले हाम्रो प्रत्येक चाललाई उपयुक्त समयमा अट्ठ्याउने गरेर मौका हेरेर बसेको हुन्छ ।

धन्न आजसम्म भारतले झैं चिनियाले गलत कदम चालेको छैन तर यसरी मात्तिदै जाने हो भने चीनले उग्र रूप नलेला भन्न सकिन्न । ईतिहासमा झैं हाम्रो जुन किसिमको अंग्रेजसँग सम्बन्ध थियो । त्यसलाई कुटनितिक तबरले र मर्यादित किसिमले सम्बन्ध राख्न पर्दछ । अहिले अरू भन्दा पनि छिमेकिको सम्बन्धमा हामीले बिशेष जोड दिन अत्याबश्यक छ । जसको पनि दलाल र कठपुतली भएर हिंड्दै गएमा अन्तत नेताहरूले डरलाग्दो नियतअं भोग्न पर्दछ ।

नेपालको राष्ट्रपति विद्या भण्डारी चीनको निमन्त्रणामा बेल्ट एण्ड रोड इनिसियटिभ फोरम , 2019 मा आतिथ्य स्विकार गर्दै ९ दिने अति विशिष्ट भ्रमणको लागि चीन प्रस्थान गरे । जुन नेपालको इतिहासमै अति विशिष्ट रह्यो र स्वयम् बिश्वको अति प्रभावशाली नेता सि जिङपिङले उहाँको सत्कारमा कुनै कमि रहन दिएन यद्यपि संसारका अति प्रख्यात नेताहरूको पनि सो फोरममा जमघट थियो ।

बिशिष्ट व्यक्तिहरूलाई दिएको रात्री भोजमा नेपालको राष्ट्रपतिको भाषणको प्रति उत्तरमा चीनका राष्ट्रपतिले चीनको नेपालसँगको सम्बन्धलाई महत्व राख्दै चीनले सदैव नेपालले आफ्नो स्वतन्त्रता , सार्वभौम र एकीकृत सीमाको कायम राख्ने प्रयासको समर्थन गर्दछ साथसाथै नेपालको राष्ट्रिय अवस्थालाई सुहाउने किसिमको बिकासको पथको अन्वेषण गर्दछ भने । राष्ट्रपति विद्या  भण्डारीले फोरममा आफ्नै शैलीमा नेपालीमा मन्तव्य राखेका थिए ।

नेपालको तर्फबाट नेपाल चीनको बिश्वसनिय मित्र भएकोले एक चीन नितीमा प्रतिबद्व भइ नेपालको भुमि कुनै पनि बाह्य शक्ति चीन बिरूद्व प्रयोग हुन दिने छैन भन्दै अगाडी थपे , नेपालले चीनको समृद्धि र स्थायित्व हेर्ने सुवर्ण अवसर मिल्नेछ । दूवै नेताले दुवै देश बिच भएको द्विपक्षीय सम्झौतामा भएको सहमतीको साक्षी भए । सो समारोहमा राष्ट्रपति विद्या भण्डारीले ऐतिहासिक बेल्ट एण्ड रोड इनिसिएटिभ द्विपक्षीय बिकासले बिश्वव्यापी नै प्रभाव पार्छ र नेपाल र चीनवीच सहकार्य गर्ने महत्वपुर्ण मञ्च हुन सक्दछ भनेर आफ्नो मन्तब्य राखे । यसले नेपाल र चीन बिच बर्षौ देखिको तिक्तता हटाउँदै द्वपक्षीय मित्रतामा एउटा नया आयाम थप्यो तर पश्चिमा पूरा झस्किने वातावरण बन्यो ।

भारतमा भईरहेको चुनावले यसपाली फेरि पनि मोदी सरकार नै बन्नेमा कुनै शंका छैन । हामीले बिर्सन हुँदैन मोदी र सि.को सम्बन्ध साँच्ची नै चिनियाँ भारत भाइभाइ कै सम्बन्ध झैं प्रगाढ छ । चीनले पक्कै पनि भारतमा अझ दस बर्ष सम्म मोदी नै प्रम भएको हेर्न चाहेको हुनपर्छ । जसले गर्दा अागामी रणनिती बिश्वमा चकमा दिने खालको आउन सक्दछ ।

चीनको मोदीसँगको सम्बन्ध गुजरातमा मोदी मुख्यमन्त्री भए देखिको हो । अहिले हेर्ने हो भने एक मोदी विरूद्व पश्चिमाको महागठबन्धन ९९ प्रतिशत पार्टिहरू एक भएर आएको छ । तर पनि मोदी हदै बलियो देखिदै आएको छ । मोदी नेपालका एकदम भरपर्दो साथी हुन सक्थे तर “र” र मधेशी पार्टिले नेपालमा अत्यन्तै कठिन समयमा नाकाबन्दी गरेर दोष उनी माथि थोपरेर उनको छवि धुमिल पार्दिए । अब उनी सरकारमा आउने बित्तिकैको कदम भनेको सिआईएद्वारा प्रशिक्षीत “र” लाई डियाक्टिभ गर्नु नै हुन्छ ।सिआईएको अर्को डरलाग्दो कदम भनेको झण्डै भारत र पाकिस्तान बिच युद्वमा धकेली दिनु हो ।

भारतमा आत्मघाती बम प्रयोग गरेर कश्मिरमा जसरी सेनाको हत्या भयो त्यो पाकिस्तानलाई दोष थोपरेर भारतलाई पाकिस्तान बिरूद्व युद्व गर्न उक्साउन थियो । तर यो पाकिस्तानको बजीर ए आजम ईमरान खान र भारतको मोदीको सुझबुझको कारण रोकियो । यसमा कतै न कतै चीनको पनि मुख्य भुमिका थियो युद्वरत देशलाई शान्त तुल्याउन । यसले के देखाउँदछ भने भित्र भित्र दुई देश एशियामा शान्ति र बिकासको लागि हरदम प्रयासरत देखिन्छ । दोक्लम घटनामा पनि “र” ले खेल खेल्न शुरूवात गरिसकेका थिए ।धन्न दोभलले चीन गएर यसलाई सम्बन्ध थप बिग्रन दिएनन् । तसर्थ हामी दुई ढुँगा बिच तरूलले के बुझ्न पर्दछ भने हामीले दुई विशाल देश विचको सम्बन्धलाई मनन गर्दै , छिमेकि देशको महत्व बुझ्दै उनिहरू बिचमा दरार उत्पन्न हुने किसिमको उक्साहटमा काम गर्न कदापि हुँदैन ।

बुझ्न के पर्दछ भने स्वाभिमान यात्रामा हिंडेका राप्रपा किन अकस्मात वार्तामा गएर सेलायो ? स्वाभिमान यात्राका संयोजक बुद्विमान तामाङ वार्ता टोलीमा समावेश नहुनको मुख्य कारण के होला ? नेपाल आयल निगमको काण्डमा डामिएका दिपक बोहरा पठाएको कारण के हो भने कमजोर व्यक्तिलाई पठाए वार्तामा च्याप्न सकिन्छ । वार्तामा के के भयो सुराकिको रूपमा कमल थापाले निरन्जन थापालाई पठाएका हुन् भन्नेमा दुईमत छैन । नत्र जसको संयोजकत्वमा स्वाभिमान यात्रा भयो तिनलाई वार्तामा नपठाएर के टाउको फुटाउन मात्रै पठाएको होला त ?

पश्चिमा अहिले तिल्मिलाएको अवस्था छ । विभिन्न हतकण्डा अपनाई रहेकोछ । राप्रपा पनि अहिले पश्चिमाको एजेण्टा अनुरूप काम नगर्ला भन्न सकिन्न । भर्खरै नेकपाको स्थायी कमिटीले पुर्ण रूप लियो , जसमा केपी , पीके , माधव , बामदेव , बादल , नारायणकाजीको नेतृत्वमा भागबण्डा भयो । भिम रावल र झलनाथ माधव नेपालको नेतृत्वमा बसे तर यसरी समग्रमा हेर्ने हो भने केपीको पकड अब स्थायी कमिटीमा जम्मा २५ देखि २८ प्रतिशत मात्रै देखिन्छ । यसै समयमा पश्चिमाको सहयोगमा बाबुराम भट्टराई उपेन्द्रलाई नेता स्विकार गर्दै समाजवादी फोरम पार्टीमा हामफाल्न गए ।

बाबुराम सिआईएको आशिर्वादमा बनेको साउथ व्लकको बर्चश्व भएको जेएनयु युनिभर्सिटीका बिद्यार्थी हुन् । पार्टि एकताको क्रुशियल मिटिङ भएको स्थानमा मधेशी दलका नेता पनि भाग लिन गएकामा एकाएक उपेन्द्र यादव मिटिङ छोडेर हिंडे तत्पश्चात मधेशी दल बिनाको बैठकले मुर्त रूप लियो । मधेशी दलले सिआईएका अर्का एजेण्ट सीके र सरकार पक्षको सम्झौताको घोर बिरोध गरेका थिए भने उपेन्द्र यादवले यसमा चुप्पि साँधेका थिए । ” र ” एजेण्ट सिआईए का कठपुतली श्याम सुन्दर गोप्य रूपले अाएर बाबुराम र प्रचण्डसँग गोप्य वार्ता गर्दैछन् ।

आफु कर्नरमा परेकाले प्रचण्डले चीनलाई घुर्कि देखाउँदै आफु जंगल जाने कुरा गरेका थिए । तर जनताले नबुझेर नानाभाती भनेकाले अाफु जंगल युद्वका लागि नभई बुद्व बन्न जान लागेको प्रतिकृया दिए । चीनसँगको प्रगाढ सम्बन्ध र बेल्ट एण्ड रोड ईनिसियटिको सम्झौताले झस्केको पश्चिमाले जसरि भएपनि माधव नेपालको अमेरिका फिर्ता पछि पार्टि टुक्राउने खेल गर्नेछ । असी प्रतिशत प्रचण्डको हातमा हुन पर्ने देखिन्छ अहिले केपीको हातमा जम्मा २५-२८ प्रतिशत छ । बालुवाटार तथा अन्य काण्डमा केपी आफु प्रतक्ष्य छैनन् , यी सबैमा बरू केपीले घटना उजागर गर्ने प्रयास गरेका छन् तर अदृश्य शक्ति उनलाई बदनाम गराउन उद्वत छन् ।

काङ्ग्रेसको भर्खरै गर्न लागेको जनजागरणको कुनै मुद्वा,नारा र तुकै छैन । बरू यिनीहरू नया सत्ता समिकरणको खेलमा लागेको अाभास हुन्छ । कमल थापा र दिपक बोहोरा पनि माथिल्लो सदनमा सदस्य बनेर अर्को सरकारमा उप प्रम र मन्त्री बन्ने प्रयासमा छन् , जुन स्पष्ट छ ।

चीनलाई घेराबन्दीमा राख्ने र भारतलाई अाफ्नो चंगुलमा राख्न सिअाईएको अथक प्रयास त छंदैछ तर राजसंस्था प्रति जनताको उच्च समर्थन र साथ देखेर पश्चिमाले कमल थापाको सहयोगमा प्रचण्ड र बाबुरामलाई प्रयोग गरि राजसंस्था र धर्मलाइ स्थापना गरि उक्त संस्थालाई भुमिका बिहिन बनाएर वा कुँजो बनाएर चीन बिरूद्व प्रयोग नगर्ला भन्न सकिन्न । तसर्थ लफङ्गा दलाल तथा कठपुतलीको हरेक चाललाई हामीले सुक्ष्म तरिकाले बिश्लृशण गर्दै अगाडी बढ्न पर्ने हुन्छ । नेपाललाई दुई ढुङ्गाको चेपुवामा पर्नबाट बचाएर यसलाई त्रिपक्षीय सम्बन्धको मुख्य भुमिकामा राखेर दुई बडा देशको शान्तिप्रिय पुलको भुमिका निभाउने अति महत्त्वपूर्ण स्थानको रूपमा चित्रण गर्न पर्दछ । जय नेपाल !

प्रकाशित मितिः आइतवार, बैशाख २९, २०७६     8:11:35 PM  |

प्रतिक्रया दिनुहोस्