24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

आहा : डुङ्गा संचालमा आएपछि आन्तरिक पर्यटकको गन्तव्य वन्दै ओजुवा (तस्वीर सहित)

    | प्रकाशित मितिः सोमवार, बैशाख ३०, २०७६  

इन्दु केसी कैलाली । कैलालीको घोडाघोडी क्षेत्र आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी क्षेत्रमा पर्यटन प्रवद्र्धनमा निजि  संगै स्थानीय तहको लगानी थपिएपछि पर्यटकीय गन्तव्य बन्न थालेको हो ।

घोडाघोडी क्षेत्रमा रहेको ओजुवा तालमा गत फागुन २९ गते देखि डुङ्गा सञ्चालनमा आएपछि  आन्तरिक पर्यटक पुग्ने गरेका छन् । घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड, लेक साइड इकोटेल,र घोडाघोडी सामुदायिक वनको त्रिपक्षिय साझेदारीमा ओजुवामा डुंगा संचालन गरीएको हो । ओजुवामा डुङ्गा सञ्चालन पछि तालको स्वरुप नै परीवर्तन भएको छ । ताल वरिपरि व्यवस्थित ड्याम, बाटो,प्रतिक्षालय, निर्माण गरिएको छ । सुरुवाति चरणमा ४ ओटा डुंगा संचालनमा ल्याइएको छ ।

करीब ८ हेक्टरमा फैलिएको ओजुवा तालमा घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले पानि निकासाका लागि अहिले ५ लाखको लागतमा गेट निर्माण गरीरहेको बोर्डका उपाध्यक्ष दयाराम चौधरीले जानकारी दिए । घोडाघोडी लाइ पर्यटकको गन्तब्यको रुपमा बिकास गर्नका लागि ओजुवामा डुंगा सञ्चालन गरीएको बताउदै उनले भने, “आगामि दिनमा पर्यटक भित्राउनका लागि अन्य योजनाहरु ल्याउने छौ” । ओजुुवा तालमा डुंगा संचालन भएको २ महिनाको अवधिमा २ हजार बढीले डुंगा सयर गरेको लेक साइड इकोटेल रीसोर्टका सञ्चालक डबल शाहले जानकारी दिए ।

घोडाघोडी तालको १९ ओटा सहायक ताल मध्यको एक ओजुवामा डुंगा संचालनबाट घोडाघोडी क्षेत्रमा केहि मात्रामा भएपनि आन्तरिक तथा बाह्य पर्यटक भित्रिनका लागि टेवा पुग्ने शाहले बिश्वास ब्यक्त गरे । धार्मिक तथा जैबिक बिधिताले महत्वपुर्ण मानिएको घोडाघोडी क्षेत्रमा जैबिक  बाताबरणलाइ असर नपर्ने गरी पुर्वाधार बनाउन आवश्यक रहेको शाहको भनाइ छ ।

पर्यटकिय दृष्टिले निकै महत्वपुर्ण रहेको घोडाघोडीमा नाम अनुसारको बिकास हुन नसकेको बताउदै घोडाघोडी पुगेका बर्दियाका गणेश बिकले डुंगा सयर गर्न पाउदा खुशि लागेको बताए । उनले भने, “घोडाघोडी बाटोमै पर्छ त्यसैले एकछिन ओर्लेर  हेरीहालौ न त भन्ने हुन्छ ,घोडाघोडी नै घुम्न जाउ नत भन्ने खालको सुरुवात डुंगा संचालन गरेर भएको छ ।”

सयौ पर्यटकीय गन्तब्यको सुचिमा परेको घोडाघोडी क्षेत्र अन्तर्गतको ओजुवा तालमा डुंगा सञ्चालन पछि आन्तरीक पर्यटकको संख्यामा बृद्धि भएको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष दिपेन्द्र शाहिले बताए । उनले सुरुवाति चरणमा पर्यटक भित्राउनका लागि गरीएको प्रयासले सार्थकता पाउनेमा बिश्वास ब्यक्त गरे ।

प्रकाशित मितिः सोमवार, बैशाख ३०, २०७६     8:31:08 PM  |

प्रतिक्रया दिनुहोस्