22 August 2019  |   बिहिबार, भदौ ५, २०७६

मदिरा सेवनले बिहेमा झडप,एक जनाको हत्या

    | प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६  

दैलेख । आफन्तको बिहेमा गएका दुई समुहबीच झडप हुदा  नारायण नगरपालिका–५ छात्तीकोटमा झडप एक  युवकको हत्य भएको छ।

मदिरा सेवनका कारण दुई समूहबीच झडप भएको र सो क्रममा सोही वडाका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकोे छ।

प्रहरी का अनुसार थापाको गाउँकै पहलसिं सारु र दानबहादुर थापाको समूहबीच झडप भएको थियो। झडपका बेला राति १२ बजे थापाको मृत्यु भएको खवर आएको प्रहरीले जनाएको छ ।

मृतक प्रेमबहादुर थापाको शव अहिले जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पोष्ट मार्टमका लागि ल्याइएको छ। घटनामा संलग्न व्यक्तिहरु खोजी जारी रहेको र अनुसन्धान भैरहेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     2:11:04 PM  |

प्रतिक्रया दिनुहोस्