15 August 2019  |   बिहिबार, साउन ३०, २०७६

विप्लवका रुकुम जिल्ला ईन्चार्ज प्रहरी नियन्त्रणमा

    | प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६  

रुकुम । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ लाई प्रहरीले पक्राउ परेका छ ।

केही दिन अघिदेखि रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायला तथा सिम्लीमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरी उनलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

रुकुम पूर्व कार्यक्षेत्र भए पनि नकालको घर गरायला हो। उनी माओवादी जनयुद्धमा ब्रिग्रेड सहायक कमाण्डरसमेत भएका थिए। उनलाई हिरासत लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     2:15:03 PM  |

प्रतिक्रया दिनुहोस्