25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

डिजिटल रुपले सबल बन्दै बाल ज्योति स्कुल

    | प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६  

इन्दु केसी सुखड (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका ८ जरही स्थित बाल ज्योति आधारभुत विद्यालयमा इन्टरनेटको पहुच पुगेको छ । राजमार्ग देखि करीब ८ किलोमिटर भित्र रहेको विद्यालयलाइ डिजिटल रुपमा सबल बनाउनका लागि इन्टरनेट पुर्याइएको छ ।

विद्यालयलाइ डिजिटल रुपमा सबल बनाउने उदेश्यले एस ओ एस बालग्राम धनगढीले उक्त विद्यालयलाइ बिद्युतिय उपकरण प्रदान गरेको छ । एस ओ एस बालग्राम धनगढीको परीवार सबलिकरण कार्यक्रम अन्तर्गत एक कार्यक्रमको आयोजना गरी विद्यालयलाइ ५ थान डेल कम्पनिको कमप्युटर,२ थान ल्यापटप,१ थान प्रोजेक्टर,१ थान यु पि एस, ५ थान ब्याट्री, २ थान कम्प्युटर प्याक ,१० थान कुर्सी प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै नगर  प्रमुख ममता प्रसाद चौधरीले बिद्यालयले बिद्युतिय उपकरण प्रदान गरे बापत बालग्रामलाइ धन्यबाद दिदै अहिलेको समयमा इनटरनेटको पहुच निकै आवश्यक रहेको बताउनुभयो । उहाले बिद्यालय क्षेत्र सुधारका लागि गम्भिर भएर लागेको बताउनुभयो । उहाले भन्नुभयो, जब सम्म शिक्षामा लगाानि गर्दैनौ तब सम्म बिद्यालय क्षेत्र सुधार हुदैन । क्षेत्रगत हिसाबले जिल्लाकै ठुलो नगरपालिका घोडाघोडी नगरपालिका रहेको बतादै उनले  अन्य बिकास भन्दा पहिले शिक्षाको बिकास हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय निरीक्षक उमेस रेग्मीले भन्नुभयो,विद्यालयमा इन्टरनेटको पहुच त पुग्यो,बढी भन्दा बढी प्रयोगमा कसरी ल्याउन सकिन्छ भन्ने कुरा महत्वपुर्ण अर्थ राख्छ । कुनै शिक्षकलाई कम्प्युटर  शिक्षक बनाएर मात्रै चल्दैन, स्कुलका सबै शिक्षकले अनिबार्य रुपमा क्षमता बिकास गर्न जरुरी देखिन्छ । उहाले शिक्षकले पहिले डिजिटल  प्रबिधी द्वारा आफ्नो क्षमता वृद्धि  गर्नुपर्नेमा जोड दिनुभयो ।

इन्टरनेट भबिष्य बनाउने ठुलो माध्यम रहेकाले बिद्यालयलाइ सहयोग गरेको एस ओ एस बालग्राम नेपालका योजना निर्देशक सिताराम सुबेदीले बततउनुभयो । उहाले भन्नुभयो, आधुनिक शिक्षाको बिकासका लागि कम्प्युटर, इन्टरनेट ल्याब निकै आवश्यक छ,प्रदान गरेको सामाग्रीलाइ बढी भनदा बढी प्रयोग गर्नुहोला ।

एस ओ एस बालग्राम धनगढीको परीवार सबलिकरण कार्यक्रम अन्तर्गत विद्यालयमा सामाग्री प्रदान गरीएको एस ओ एस बालग्राम धनगढीका योजना निर्देशक पदम बहादुर हमालले बताउनुभयो । उहाले विद्यालयलाइ गुणस्तरको रुपमा बिकास गराउनु पर्छ भन्ने उदेश्यले बिद्यालयलाइ प्रदान गरीएको बताए ।  मुलुक डिजिटल प्रबिधिको युगमा गइसकेका बेला शिक्षामा पनि डिजिटल प्रबिधि भित्राउन आवश्यक रहेकाले सामाग्रि प्रदान गरीएको हमालको भनाइ थियो ।

एस ओ एस बालग्रामले अभिभावक बिहिन बालबालिकाहरुका क्षेत्रमा काम गर्ने गर्दछ । सोहि अन्तर्गत घोडाघोडी नगरपालिका वडा न ८ जरहिमा सो कार्यक्रम लागु गरीएको  छ। एस ओ एस बालग्राम धनगढीले सर्पोट गरेका ३२ बालबालिका अहिले सो विद्यालयमा अध्ययन गरीरहेका छन ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोति सिं बोहोराको सभापतित्वमाम सम्पन्न भएको कार्यक्रममा बोल्दै बिद्यालयका प्र अ भुपेन्द्र कुवरले बिद्यालयमा शिक्षकको निकै अभाव रहेको बताउनुभयो । ७ सय १८ जना बालबालिका विद्यालयमा अध्ययन गरीरहेको बताउदै छिटै नै शिक्षक पदपुर्तितर्फ नगरपालिकालाइ ध्यान दिन आग्रह गर्नुभयो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ३१, २०७६     8:17:07 PM  |

प्रतिक्रया दिनुहोस्