21 August 2019  |   बुधबार, भदौ ४, २०७६

७८ लाख घुस काण्डमा मुछिएका राजनारायण ७८ लाख धरौटीमा रिहा !

    | प्रकाशित मितिः बुधबार, जेष्ठ १, २०७६  

काठमाडौं । भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्ने आदेश दिएपछि नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा पाठक रिहा भएका हुन् । पाठक बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका थिए । त्यसअघि उनीसँग अदालतले ७८ लाख धरौटी माग गरेको गरेको थियो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको थियो ।

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि उनीविरुद्ध मुद्धा दायर भएको थियो ।

 

प्रकाशित मितिः बुधबार, जेष्ठ १, २०७६     7:56:03 PM  |

प्रतिक्रया दिनुहोस्