25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

विश्व हिन्दू महासंघको सातौं अधिवेशन पोखरामा,सम्पुर्ण तयारी पूरा !

    | प्रकाशित मितिः बिहिबार, जेष्ठ २, २०७६  

काठमाडौं । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले आफ्नो ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यही जेठ ११ र १२ गते पोखरामा हुने अधिवेशनको तयारी बारे जानकारी दिएको हो ।

सम्मेलनमा समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले उक्त महासभामा देशका ६० भन्दा बढी जिल्लाबाट सहभागिता रहने स्पष्ट पारे । उनले महासभालाई सफल तुल्याउनको लागि सबै ओमकार परिवारको साथ र सहयोगको आवश्यक रहेको बताअए ।

कार्यक्रममा बैंकेटेश्वर पिठाधिश स्वामी पद्मधराचार्यले सनातन हिन्दू धार्मिक संघसंगठनहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला आइसकेको बताए । उनले हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि अब सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आइसकेको बताए ।

सनातन हिन्दू धर्म संस्कृतिसँगै वैदिक ज्ञान–विज्ञानको उद्गमस्थल पुण्यभूमि नेपाललाई धर्मनिरपेक्षताको चंगुलबाट छुटाएर सनातन हिन्दू राष्ट्रका रुपमा पुनःस्थापना गर्ने महान उद्देश्य प्राप्तिका लागि यतिबेला नेपालमा रहेका सबै धार्मिक संघसंस्थासहित समस्त ॐकार परिवारको आपसी सद्भाव एकता र सहकार्यको आवश्यकत्ता रहेको समितिले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २, २०७६     5:59:20 PM  |

प्रतिक्रया दिनुहोस्