25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

नेकपामा भातृ संगठनको नेतृत्व : युवासंघ संयोजकमा सापकोटा, अखिलमा महर

    | प्रकाशित मितिः बिहिबार, जेष्ठ २, २०७६  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले भातृ संस्थाको भागबण्डा र नेतृत्वको टुंगो लगाएको हो ।  युवा संघको नेतृत्व पूर्वमाओवादी र अखिलको नेतृत्व पूर्वएमालेले लिएका छन् । जसअनुसार युवासंघ संयोजकमा तत्कालीन माओवादीको वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा र अखिल अध्यक्षमा ऐन महर छानिएका छन् । महर यसअघि एमाले अखिलका महासचिव थिए ।

अखिलको अध्यक्षमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र युवा संघ नेतृत्वमा युवासंघ अध्यक्ष रमेश पौडेलको दाबी थियो । यस्तै महिला संघ अध्यक्षमा पूर्वमाओवादीकी अमृता थापा र पत्रकारको नेतृत्व पूर्वमाओवादीका महेश्वर दाहालले पाएका छन् ।

 

प्रकाशित मितिः बिहिबार, जेष्ठ २, २०७६     6:13:08 PM  |

प्रतिक्रया दिनुहोस्