25 May 2019  |   शनिबार, जेष्ठ ११, २०७६

पुर्वराजा ज्ञानेन्द्र शाह स-परिवारसहित एक महिनाका लागि थाइल्यान्ड जाँदै

    | प्रकाशित मितिः शनिबार, जेष्ठ ४, २०७६  

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह स-परिवारसहित एक महिनाका लागि नेपाल बाहिरको भ्रमणमा जाने भएका छन् ।पत्नी कोमल, बुहारी हिमानी र नाति नातिनीसँग उनी एक महिनाका लागि थाइल्याण्ड जाने तयारी गरेका छन् । उनी त्यहाँ करिव एक महिना बस्ने योजना रहेको छ ।

पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही उनी थाइल्याण्ड जान लागेको बताइएको छ । स्रोतका अनुसार पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगी सहितको टोली थाइल्याण्ड जाँदैछन् ।

निर्मल निवास स्रोतका अनुसार उनी करीब एक महिना बसाईको लागि थाइल्याण्ड जान लागेका हुन् । ज्ञानेन्द्रका साथमा निजी सचिव सागर तिमल्सिना र सुरक्षा गार्ड हुनेछन् । फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्ने ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जान लागेका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ४, २०७६     10:30:41 AM  |

प्रतिक्रया दिनुहोस्