22 September 2019  |   आइतवार, अशोज ५, २०७६

नियमित तलब दिने सहमति पछि शिक्षक विद्यालय फर्किए

    | प्रकाशित मितिः मङ्लबार, जेष्ठ ७, २०७६  

इन्दु केसी,सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ मा रहेको घोडाघोडी आधारभुत विद्यालय सुन्दरपुरमा अध्यापन गराइरहेका निजि श्रोतका शिक्षकहरु तलब पाउने सहमति पछि विद्यालय फर्किएका छन । १० महिनादेखि तलब नपाएको भन्दै उनिहरुले ५ गतेदेखि पठन पााठन बन्द गरेका थिए ।

नेपाल सरकारले सामुदायिक विद्यालयमा नि शुल्क शिक्षा भनिरहदा यता सामुदायिक विद्यालयमा अधयापन गराइरहेका शिक्षकहरु भने समयमा तलब नपाउदा पनि अध्यापन गराउन बाध्य भएका छन । पटक पटक तलबका लागि जानकारी गराउदा पनि तलब पाउन नसकेको भन्दै उनिहरुले ५ गते देखि पठन पााठन बन्द गरेका छन । पटक पटक सम्बन्धित निकायलाइ जानकारी गराउदा पनि तलब नपाएपछि पठन पााठन बन्द गरीएको निजि श्रोतमा कार्यरत शिक्षिका कमला चौधरी बताउछिन ।

१० महिना देखि तलब पाइरहेका छैनौ शिक्षक लाल बहादुर चौधरीले भने, अभिभावकहरुको निर्णयलाइ मान्दै बुधबार बाट कक्षा सञ्चालन गर्छौ । विद्यालय ब्यवस्थापन समितिले बोलाएको अभिभावक भेलामा बिद्यालयलाइ नियमित सञ्चालनका लागि बार्षिक रुपमा अभिभावकहरुले रु ४ हजारका दरले सहयोग गर्ने निर्णय पछि उनिहरु बिद्यालय फर्किएका हुन ।

विद्यलयमा पढाइ रोकिनु भनदा आफुहरु बिद्यालयलाइ सहयोग गर्न तयार रहेको अभिभावक खिन्ता देबि साउदले बताइन ।विद्यालयका प्र अ राम प्रसाद सापकोटाले विद्यालयको  मुख्य आय श्रोतको रुपमा रहेको घोडाघोडी तालको सहायक ताल मध्यको पर्सेनिया ताल नगरपािलकाले आफ्नो मातहतमा लिएपछि सो समस्या आएको बताए । पर्सेनिया तालबाट बार्षिक १ लाख २५ हजार  ठेक्का बापतको आउने रकमबाट शिक्षकहरुलाइ तलब खुवाउदै आएको बताउदै बिद्यालयका प्र अ सापकोटाले ताल पनि नगरपािलकाको स्वामित्वमा गएपछि समस्या आएको बताए । उनले पुन पनि यस्तो समस्या दोहोरीन सक्ने हुनाले तिनै तहका सरकारको ध्यानाकर्णण हुनुपर्ने बताए । घोडाघोडी एउटा उदाहरण हो नगरका धेरै बिद्यालयहरुमा यस्तो समस्या रहेको छ ।

यता घोडाघोडी नगरपालिकाका विद्यालय निरीक्षक उमेश राज रेग्मीले नगरपालिकाको बजेट अनु्ुसार सक्दो सहयोग गरेको बताए ।सो विद्यालय निमावि तह  सञ्चालनका लागि अनुमति  मात्रै पाएको हुदा सरकारी निकायबाट स्थायि दरबन्दी नभएकाले सो बिद्यालयमा नि मा बि तह सम्म सञ्चालनको लागि सरकारको संगै त्यस क्षेत्र अभिभावकहरुको पनि जिम्मेवारी रहेको उनले बताए ।

घोडाघोडी आधारभुत बिद्यालयमा नि मा बि तहमा राहतमा १ ,प्रा बि तहमा राहतमा ४, बाल बिकासमा २ र निजि श्रोतमा४ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराइरहेका छन ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ७, २०७६     8:51:21 PM  |

प्रतिक्रया दिनुहोस्