18 June 2019  |   मङ्लबार, असार ३, २०७६

वरिष्ठ लोकदोहोरी गायक-गायिका लक्ष्मी न्यौपाने र झलक रेग्मीको नयाँ गीत ‘लै बरी लै’ (भिडियो सहित)

    | प्रकाशित मितिः मङ्लबार, जेष्ठ ७, २०७६  

काठमाण्डौ। लोकदोहोरी गीतका चर्चित अनि लोकप्रिय वरिष्ठ गायक-गायिका लक्ष्मी न्यौपाने र झलक रेग्मीको नयाँ लोकदोहोरी गीत लै बरी लै सार्वजनिक भएको छ।

लोकप्रिय वरिष्ठ सर्जक तथा गायक झलक रेग्मीको लय तथा शब्द, कृष्ण भाञ्जाको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङमा प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड भई तयार भएको यस गीतमा गायिका न्यौपाने र गायक रेग्मी दुवैजनाको सुमधुर आवाज रहेको छ। लोकदोहोरी गीतका लाखौं श्रोता र दर्शकको ढुकढुकीमा बन्न सफल, हजारौं गीतमा आफ्नो सुमधुर आवाज दिनुभएकी वरिष्ठ गायिका लक्ष्मी न्यौपाने र सयौं गीतमा लय, शब्द तथा सुमधुर आवाज दिनुभएका वरिष्ठ सर्जक तथा गायक झलक रेग्मी दुवैजना अहिलेपनि उत्तिकै लोकप्रिय हुनुहुन्छ भने उहाँहरू श्रीमान-श्रीमती हुनुहुन्छ ।

नेपालकै पहिलो महिला नृत्य निर्देशक स्मृति तिमिल्सिना ‘गुरूआमा’ को निर्देशन, सुरेश श्रेष्ठको छायांकन र प्रकाश धमलाको सम्पादनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा गायक तथा मोडल सन्दिप न्यौपाने र नायिका तथा मोडल करिश्मा ढकालको नृत्य देख्न सकिन्छ।

गुरूआमा फिल्म्स प्रा.लि.ले उत्पादन गरेको यस गीतको म्युजिक भिडियो गायिका लक्ष्मी न्यौपानेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

वरिष्ठ गायक-गायिका लक्ष्मी न्यौपाने र झलक रेग्मी तथा यस गीतका सम्पूर्ण युनिटलाई हिमाली टाइम्स डटकमको तर्फबाट सफलताको शुभकामना। 

भिडियो हेर्नुहोस् :

 

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ७, २०७६     11:27:17 PM  |

प्रतिक्रया दिनुहोस्