14 October 2019  |   सोमवार, अशोज २७, २०७६

भारतको अरुणाञ्चलमा उग्रपन्थी आक्रमण, एक विधायक र उनका छोरासहित ११ को मृत्यु

    | प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६  

काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा उग्रपन्थी आक्रमणमा एक जना विधायकसहित ११ जनाको ज्यान गएको  छ । लोकसभा निर्वाचनको परिणाम घोषणा हुनु एक दिन अगाबै  अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा यो घटना भएको हो ।

भारतीय पत्रिका द हिन्दु दैनिकका अनुसार, एम्बुस आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपीपी) का विधायक तिरोङ अबोसहित ११ जनाको ज्यान गएको बताइएको छ भने विस्फोटमा परि  तिरोङ अबोका छोराको पनि मृत्यु भएको छ । विधायक तिरोङ परिवारसहित असमबाट अरुणाञ्चल जाँदै थिए ।

तिरोङ मेघालयका मुख्यमन्त्री कानराड संगमाको पार्टीका विधायक हुन् ।बुधबार बिहानसम्म आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६     11:15:05 AM  |

प्रतिक्रया दिनुहोस्