23 September 2019  |   सोमवार, अशोज ६, २०७६

मिनी ट्रक दुर्घटना हुँदा दैलेखमा तीन जनाको मृत्यु

    | प्रकाशित मितिः शुक्रबार, जेष्ठ १०, २०७६  

दैलेख । मिनी ट्रक दुर्घटना हुँदा दैलेखमा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक शुक्रबार बिहान दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । ट्रक सडकबाट करीब ३०० मिटर तल खसेको थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १०, २०७६     1:10:49 PM  |

प्रतिक्रया दिनुहोस्