23 September 2019  |   सोमवार, अशोज ६, २०७६

अब राप्रपा देशको मुख्य शक्ति बन्ने कमल थापाको दावी

    | प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा देशको प्रमुख शक्ति बन्ने दावी गरेका छ्न । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दावी गरेका हुन ।

सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिल राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिती आएको बताए ।

राप्रपा अध्यक्ष थापाले राप्रपा प्रति राष्ट्रवादी शक्ति,जनताहरुको देशैभरी लहर फैलिएको दावी गर्दै अब राप्रपा देशको मुख्य शक्ति बन्न कसैले रोक्न नसक्ने बताए । भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड वहुमत ल्याएर सरकार बनाएको प्रसंग सुनाउँदै उनले मेहनत गरे आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्ने उनको दावी थियो ।

अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न अब नअल्मलिकन राप्रपाको झण्डामुनी गोलवद्ध हुन  सबैमा आग्रह समेत गरे । विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारमा दत्तचित्त भएर लाग्न निर्देशन दिए ।

राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकका अध्यक्ष मोहन देउजाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमबाट होम प्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज समेत गठन भएको छ । समितिको उपाध्यक्षमा राधा भण्डारी, सम्झना भट्टराई, सचिबमा विजयराम आचार्य तथा सदस्यहरुमा सुजन भट्टराई, अनिल कुमार शाही ठकुरी, रमिला गिरी, प्रेम बहादुर गिरी र हिरा श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पुष्कर ढुंगेल, सरस्वती के.सी. अधिकारी, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का उपाध्यक्ष बालकुमार श्रेष्ठ लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

राप्रपा प्रवेश गर्नेको लर्को !

कार्यक्रममा राप्रपामा प्रवेश गर्नुहुनेहरुमा होम प्रसाद भट्टराई, राजकुमार कुँवर, झंक भण्डारी, सनिलाल श्रेष्ठ, सम्झना भट्टराई, गज बहादुर मगर, प्रेमराज गिरी, उद्धवकुमार ढकाल, पुष्प हमाल ठकुरी, प्रनित रिजाल, दिनेश हमाल ठकुरी, देवी जंग थापा, रमेश खड्का, सरश्वती गिरी, विनोद गिरी, अरुणा गिरी, सुनिता लिम्बु, मुना राणा, विमला तामाङ, सञ्जय गिरी, दिपेश गिरी, सफल गिरी, देव विक्रम थापा, रञ्जीत पाठक, सुजन राई, कृष्ण लोहनी, श्रीकृष्ण माझी, सुरेश तिमल्सिना, कृष्ण कार्की, केसान घलान, विजयराम आचार्य, प्रकाश गिरी, प्रनिश गिरी, पार्वती मल्ल गिरी, मैया गिरी, प्रमिला गिरी, अञ्जु गिरी, सृजना गिरी, शुष्मा गिरी, प्रदिप गिरी, शैलेश गिरी, शर्मिला ठकुरी, आदित्य गिरी, सुजन गिरी, कृष्ण बहादुर गिरी, बाबुलाल माझी, प्रकाश रिजाल, ओखल बहादुर गिरी, नीति गिरी, माधव गिरी, सुजन भट्टराई, अञ्जु भट्टराई, उद्धव कुमारी भट्टराई, सुनीता भट्टराई, पवित्रा भट्टराई, कमला पराजुली, कृष्ण बहादुर माझी, गोकुल भट्टराई, विमला भट्टराई, राम भट्टराई, रमा भट्टराई, ऋतु गिरी, साजन गिरी, नरेश गिरी, गंगा थापा, समिर खडका, शुष्मा खतिवडा, निरा सुनुवार, लक्ष्मी थापा, प्रकाश भट्टराई लगायत सयौं रहनुभएको थियो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६     6:59:17 PM  |

प्रतिक्रया दिनुहोस्