13 June 2019  |   बिहिबार, जेष्ठ ३०, २०७६

घोडाघोडी नगरपालिकाका १६ विद्यालय नमुना विद्यालय सहयोग कार्यक्रमका लागि छनोट

    | प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६  

इन्दु केसी सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयहरु नमुना विद्यालय सहयोग कार्यक्रमका लागि छनोटमा परेका छन । साबिकका साडेपानि,दरख, रामशिखरझाला र पहलमानपुर गाविस बाट मावितर्फ एक-एक र नगरका १२ ओटा वडा बाट एक-एक गरी १६ विद्यालय छनोटमा पारीएको विद्यालय निरीक्षक उमेश राज रेग्मीले जानकारी दिनुभयो ।

जसमा मावितर्फ राष्टिय माबि सुखड,राष्टिय माबि रामपुर,कान्ति राज्य लक्ष्मी माबि पहलमानपुर , राष्टिय माबि तारानगर छनोटमा परेका छन । त्यसैगरी आधारभुत विद्यालय तर्फ कपिलमुनि आधारभुत विद्यालय ,चौड्याल आधारभुत विद्यालय,मोहोन्याल आधारभुत विद्यालय ,घोडाघोडी आधारभुत विद्यालय,जन प्रिय आधारभुत विद्यालय,सरस्वति आधारभुत विद्यालया,बाल कल्याण आधारभुत विद्यालय,भैरब आधारभुत विद्यालय ,राष्टिय जनता आधारभुत विद्यालय,बाल बिकास आधारभुत बिद्यालय,जनता आधारभुत विद्यालय, र राष्टिय माबि छनोटमा परेका छन ।

नमुना विद्यालय सहयोग कार्यक्रम छनोट प्रक्रियाका लागि आबेदन आह्वान गरेकोमा माबि तह तर्फ ८ विद्यालय,र आधारभुत बिद्यालय तर्फ २० ओटा बिद्यालयले आबेदन दिएका थिए । जसमा ,विद्यार्थि अनुपात,शिक्षक पर्याप्तता,विद्यालयकोजग्गा,कक्षाकोठा,खेलमैदान,घेरबार,खानेपानि,शौचालय,लगायतका सुबिधा हेरी स्वच्छ प्रतिस्पर्दा गरी छनोटमा पारीएको बिद्यालय निरीक्षक उमेश राज रेग्मीले जानकारी दिनुभयो ।

नमुना विद्यालय सहयोग कार्यक्रमका लागि माबि तर्फ एक विद्यालय लाइ रु १० लाख र आधारभुत बिद्यालय तर्फ प्रत्यक विद्यालयलाइ रु ५ लाख गरी  १ करोड रकम खर्च गरेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६     7:21:26 PM  |

प्रतिक्रया दिनुहोस्