30 May 2020  |   शनिबार, जेष्ठ १७, २०७७

प्रधानमन्त्री ओलीका कारण गणतन्त्र धरापमा -आचार्य

    | प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६  

धरान । नेपाली काँग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री केपी ओलीका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको बदनाम भएको आरोप लगाएका छन् ।

कांग्रेसको जागरण अभियानलाई सुनसरीको धरानमा शनिबार सम्बोधन गर्दै आचार्यले प्रधानमन्त्री ओलीले न्यायपालिका, स्वतन्त्र प्रेस तथा मानव अधिकारको क्षेत्राधिकारमा हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत गरेको आरोप आचार्यले लगाए । ओलीले प्रमुख प्रतिपक्षी दलका नेतालाई छलेर बोलाइएको संवैधानिक परिषदको बैठकले नेकपा कार्यकर्तालाई न्यायाधीशमा नियुक्ति गरेको टिप्पणी उनको थियो  ।

‘न्यायालयमा कार्यकर्ता भर्ती, स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने गरी मिडिया काउन्सिलको विधेयक ल्याउनेदेखि राष्ट्रिय मानवअधिकार आयोगलाई सरकारको शाखाका रुपमा राख्न खोजिएको उनले बताए ।

काङ्ग्रेस नेता आचार्यले केपी ओलीका कारण ठूलो बलिदानबाट प्राप्त गणतन्त्र धरापमा परेको आरोप पनि लगाए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६     11:45:35 PM  |

प्रतिक्रया दिनुहोस्